Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025
गंगा बीसी
काठमाडौ- माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टर्राई नेतृत्वको सरकार बदले आफूलाई ‘पाप लाग्ने’ भन्दै यसैलाई राष्ट्रिय स्वरूपको सरकार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार संस्थापन पक्षको भेलामा पोलिटब्युरो सदस्यहरूले मुख्य नेतृत्वले सरकार परिवर्तन गर्न लागेको प्रश्न उठाएपछि उनले त्यो हल्लामात्रै भएको दाबी गरेका हुन् ।
‘बाबुरामजीको नेतृत्वको सरकार फेरे मलाई पाप लाग्छ,’ दाहाललाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘हिजोआज किरणजीहरूले पनि सरकार फेर्ने कुरा कम गर्न थाल्नुभएको छ ।’ भेलामा सहभागी भट्टर्राई पक्षका पोलिटब्युरो सदस्यहरूले अध्यक्षलाई सरकार फेर्ने चर्चा चलेको भन्दै प्रस्ट पार्न भनेका थिए ।
भेलामा उपाध्यक्ष मोहन वैद्य पक्षलाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको थियो । संस्थापन र वैद्य पक्षबीच सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान बनाउने सहमति भएको अर्को दिन प्रधानमन्त्री निवास बालुवाटारमा संस्थापन पक्षका पोलिटब्युरो सदस्यहरूले अनौपचारिक भेलामा वैद्य पक्षलाई यही सरकारमा सहभागी बनाउने विषयमा छलफल भएको हो ।
भेलामा दाहालले भट्टर्राई नेतृत्वको सरकार परिवर्तन गर्ने हल्लामात्रै भएको र यसैलाई राष्ट्रिय स्वरूप दिन प्रयास थाल्नुपर्ने बताएको पोलिटब्युरो सदस्य एवं भूमिसुधारमन्त्री भीमप्रसाद गौतमले जनाए । ‘अध्यक्षले बाबुरामको विकल्प खोज्नुभन्दा यसैलाई राष्ट्रिय सरकार बनाउने प्रयास गर्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘किरण (वैद्य) जीहरूले जुन-जुन मन्त्रालय माग्नुहुन्छ, दिएर भए पनि यो सरकारमा सहभागी बनाउनुपर्छ भन्ने कुरा भयो ।’
वैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले सरकार फेर्ने र सहभागी हुने आफूहरूको प्रमुख एजेन्डा नभएको बताए । ‘सरकारको एजेन्डा प्रमुख होइन,’ उनले भने, ‘अहिले राष्ट्रिय सरकारको टुंगो लागेको छैन ।’ उनले सरकारबारे के गर्ने भन्ने विषयमा प्रधानमन्त्री भट्टर्राईसँग कुरा भइरहेको बताए । ‘बाबुरामजीसँग पनि समग्र विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ‘हाम्रो मुख्य एजेन्डाचाहिँ कस्तो कार्यदिशा र कार्यक्रम बनाउने भन्ने नै हो ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकार बदल्ने कुरा उचित नभएको र वैद्य पक्षलाई सरकारमा सहभागी गराउन सुझाव दिएको जनाए ।
‘वैद्य पक्षलाई पनि सरकारमा सहभागी गराउन धेरैले सुझाव दियौं,’ उनले भने, ‘नेतृत्व बदल्ने कुरा राम्रो हुँदैन भन्ने भयो ।’ राष्ट्रिय सरकारको स्वरूप नआई सरकार बदले शान्ति र संविधान धरापमा पर्ने पोलिटब्युरो सदस्यहरूको भनाइ थियो । ‘कार्यदिशामा विवाद भए पनि शान्ति र संविधान अघि बढाउने विषयमै सबैको जोड रह्यो,’ गौतमले भने ।
संस्थापनको भेलापछि दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले सरकार फेर्ने कुरा नभएको बताए । ‘उहाँहरू (वैद्य पक्ष) ले सरकार परिर्वतनको प्रस्ताव पहिलेदेखि नै राख्नुभएको हो,’ बैठकपछि सापकोटाले भने, ‘अहिले सरकार फर्ने भन्ने कुरै आउँदैन ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया