Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – –  गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासंघको नियमित इकैठक सम्पन्न भयो ।

बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सूचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृटिस म्युजियमले बुद्ध भारतमा जन्मिएको भनि राखिएको गलत जानकारीलाई गत ११ डिसेम्बरका दिन सुधार गरियो भन्ने ब्यहोराको म्यूजियमबाट प्राप्त पत्रलाई पढेर सुनाउनु भएको थियो । हाल विश्व नेपाली साहित्य महासंघका सल्लाहकार शर्मा बेलायतका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ ।

महासंघले शर्माको संयोजकत्वमा नेपाल सम्बन्धि गलत सूचना संप्रेषण भईरहेका कुनै पनि बिषयमा सच्याउन सुझाव तथा दबाब दिनका लागि केही महिना अघि एक कार्यदल गठन गरेको थियो ।  जसअनुसार महासंघ अन्तर्गतको कार्यदलले केही समय अघि सच्याउन आग्रह गर्दै म्यूजियमलाई औपचारिक पत्र लेखेको थियो । अव उप्रान्त ब्रिटिस म्यूजियमबाट सुधार गरेको भन्ने ब्यहोराको पत्रनै महत्वपूर्ण आधार हुने कुरा संयोजक शर्माले बताउनुभयो । त्यसैगरी कोरियामा रहेको एक म्यूजियममा पनि गलत जानकारी भएको बारे छलफल चल्यो र उक्त कुरा पत्ता लगाई सुझाव दिने निर्णय गरियो ।

बिशेषगरी गौतम बुध्द भारतामा जन्मेका हुन भन्ने जस्ता भ्रामक सूचना संप्रेषण भएका म्यूजियम, पुस्तक, अभिलेखालय जस्ता कुराहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदै सच्याउन आग्रह गर्नका लागि महासंघद्वारा गठित कार्यदल अहिले सक्रियतापूर्वक लागिरहेको छ ।

सिर्जना बाचनको कार्यक्रमबाट शुरु भएको बैठकले विभिन्न विषयहरुमा छलफल गरि निर्णय गरयो । साहित्य महासंघले प्रकाशन गर्न लागेको साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा केन्द्रिय सदस्य देबेन्द्र सुर्केलीलाई थप गरयो । त्यस्तै गरि महासंघको पुरस्कार तथा सम्मान स्थापनाको लागि गठित कार्यदलको सल्लाहकारमा केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र इङनामलाई चयन गरयो भने कोषाध्यक्षले हाल सम्म महासंघको कोषमा २ लाख ८५ हजार रहेको र त्यस मध्य गत विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा १ लाख खर्च भएको बताउनुभयो । त्यस्तै गरि विभिन्न मुलुकमा रहेका साहित्य महासंघका शाखाहरुलाई साहित्यिक गतिविधिमा स्वस्थ सहभागिता राख्नको लागि निर्देशन जारी गरयो । महासंघ संग आबद्ध तथा इच्छुकहरुलाई आजीवन सदस्यता वा संरक्षक सदस्यता लिन पनि आग्रह गरयो ।

बैठकमा भिम कमल (पोर्चुगल), सागर श्रेष्ठ (साउदी अरेयिबा), समदर्शि काँइला (युएइ), मोहन परदेशी (नेपाल), नम्रता गुरागाई (अमेरिका), पुरानोघरे (अमेरिका), गोविन्दप्रसाद गौतम (रसिया) दिप दर्शन (पेनाङ, मलेशिया), राजेश रुम्बा (कतार), सोम सापकोटा (डेनमार्क), देवेन्द्र खापुङ (नेपाल), सुरेसजङ्ग शाह (बेलायत), विश्वास दीप तिगेला (ब्रुनाई), खगेन्द्र लिम्बु (थाइल्याण्ड), रमेश पौडेल (नेपाल) र मधुमाधुर्य (रसिया) लगायतले आ-आफ्नो सिर्जना बाचन साथै सहभागिता जनाएका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया