Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानले आप्रबासी श्रमिक तथा मजदूरको हितको लागि संयुक्त राष्ट्र संघले जारी गरेको अन्तराष्ट्रिय अभीसन्धिलाई मान्यता दिन नेपाल सरकार समक्ष आग्रह गरेको छ । एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्लेले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका लाखौ लाख नेपालीहरुको श्रमको सम्मानको लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठः

आप्रवासी कामदारहरुको अन्तराष्ट्रिय दिवस डिसेम्बर १८ का सम्बन्धमा एनडिएफ जापानले निकालेको प्रेस विज्ञप्ति

मिति डिसेम्बर १८, २०११

संसारभरका आप्रवासी कामदारहरुको अन्तरर्राष्ट्रिय दिवस डिसेम्बर १८ संयुक्त राष्ट्र संघ बाट पारित दिवस हो । यसलाई सबै आप्रबासी श्रमिक तथा मजदूरहरुले आफ्ना अजेन्डा तथा माग सहित मनाउने प्रचलन रहि आएको छ ।

संयुक्त राष्ट्रसंघले बिदेसमा काम गर्ने जनताहरुको पक्षमा सरल र सहज अधिकार संरक्षणका लागि विदेश पठाउने देश र काम गर्ने देशको बीचमा श्रम सम्बन्धी व्यवस्था हुनुपर्ने पक्षमा यो सन्धिले वकालत गर्दछ । यही सन्दर्भमा अहिले संसारमा गरीब मुलुकका श्रमिकहरु माथि हुने गरेका अन्याय र असमान व्यबहारलाई हटाउनु पर्ने देखिन्छ ।

विश्वव्यापिकरणसँगै विकसित देशहरुमा सस्तो श्रमिकको माग र गरीब मुलुकका जनताहरुको विदेशिनु पर्ने बाध्यताले निम्ताएको परिस्थिति र श्रमिकहरुले भोग्नु परेका समस्यालाई समाधानतर्फ उन्मुख हुनुपर्ने अहिलेको आवश्यकता हो । सस्तो श्रमले लगानीकर्ताहरु धनी बन्दै जाने र बाध्यताले श्रमिकहरु शोषित हुँदै जाने यो बिसमतालाई हटाउन र श्रमिकहरुको श्रमको मुल्य स्थापित गर्न सबै देशहरुका लागि संयुक्त राष्ट्र संघले जारी गरेको अन्तराष्ट्रिय अभीसन्धिलाई नेपाल सरकारले मान्यता दिई उक्त अभिसन्धिमा हस्ताक्षर गरी नेपाल कानुन सरह मान्यता दिनुपर्दछ भन्ने एनडिएफ जापान माग गर्दछ ।

सम्माननिय प्रधानमन्त्री बाबुराम भट्टराईले समेत २४ सेप्टेम्बरमा अमेरिकामा गरेको संयुक्त राष्ट्र संघको ६६ औं महासभामा यो विषय महत्वका साथ सम्बोधन गारिएको थियो । तर लामो समय बितिसक्दा पनि सरकार यसप्रति मौन रहेको र यसका लागि प्रयास र पहल नभएको देख्दा भट्टराई सरकारले विदेशमा रहेका लाखौँ लाख नेपालीहरुको अपमान गरेको महसुस गरिएको छ । यस विषयलाई नेपाल सरकारको तर्फबाट यथासक्य छिटो पहलकदमी लियोस भनि एनडिएफ जापान गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ । आप्रबासी अभिसन्धिले व्यवस्था गरे अनुसार श्रमिकहरुको मानब अधिकार संरक्षण र सम्वर्धनलाई ध्यान दिँदै तिनका परिवारहरुको अधिकारको संरक्षणलाई समेत ब्यबस्था गरेको परिप्रेक्ष्यमा यो विषयलाई गम्भिरतापूर्वक नेपाल सरकारले समेत सम्बोधन गरोस भन्ने माग गर्दछ ।

सिर्जना काफ्ले

अध्यक्ष

एनडिएफ जापान

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया