Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
सिन्धुपाल्चोक– आफ्नै विद्यार्थीर्लाइ अप्राकृतिक यौन दुर्व्यवहार गरेको अभियोगमा सिन्धुपाल्चोकको साँगाचोक गाविसस्थित जनजागृति उच्च माविका शिक्षक नारायण श्रेष्ठलाई जिल्ला अदालत सिन्धुपाल्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
टयुसन पढाउने बहानामा उत्तेजित कहानी सुनाउँदै कक्षा ४, ५ र ७ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेर समूहका छ छात्रालाई लामो समयदेखि अप्राकृतिक यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला न्यायाधीश अनन्त डुम्रेको इजलासले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
शिक्षक श्रेष्ठले ती विद्यार्थीलाई आठ महिनादेखि यौन दुव्र्यवहार गर्दै आएको र पीडितले गत कात्तिक २२ गते प्रधानाध्यापक समक्ष सो विषयमा उजुरी गरेका थिए ।
निजको कर्तुत सार्वजनिक भएपछि कात्तिक २४ गते विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले अभियुक्त श्रेष्ठलाई जुत्ताको माला लगाई कालोमोसो दलेर बजार घुमाउँदै प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीको नियन्त्रणमा रहेका उनीविरुद्ध पीडित छात्राले कात्तिक २७ गते किटानी उजुरी दिएपछि कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया