Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौ– चिनियाँ प्रधानमन्त्री वेन जियावाओको पुस पहिलो साता हुने भनिएको नेपाल भ्रमण स्थगित भएको छ । उच्चस्रोतका अनुसार चिनियाँ पक्षले आफ्नै काराणले भ्रमण स्थगित गरेको हो ।
पुस ५ देखि ७ सम्म १० जना मन्त्री सहित सय जना भन्दा बढी संख्याको औपचारिक प्रतिनिधिमण्डलसहित चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको थियो । यद्यपी चीनले आफ्नो प्रधानमन्त्रीको नेपाल भ्रमण बारे औपचारिक रुपमा तिथी सार्वजनिक गरेको थिएन । यद्यपी उनको भ्रमण स्थागित हुनका कारण भने खुलाईएको छैन ।
प्रधानमन्त्री बाबुराम भट्टराई तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको तिथी सार्वजनिक गरेका थिए । चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी बारे छलफल गर्न परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङ पनि पुगेका थिए ।
नेपालमा चिनियाँ प्रधानमन्त्री जियावाओको भ्रमणको तयारी समेत सुरु भइसकेको थियो । नेपाल सरकार र चीन बीचमा एजेण्डाहरुको अदानप्रदानसमेत भइसकेको थियो । चिनले आफ्नो प्रधानमन्त्रीको भ्रमणमा तिब्बती मामिलालगायत सुरक्षा चासोलाई आफ्नो एजेण्डा बनाउने भएको थियो भने नेपाल सरकारले उत्तर–दक्षिणका चार राजमार्गसहित केही आर्थिक प्याकेजमा सहयोग माग्ने कार्यसूची तयार पारेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया