Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी अवस्थामा गणितमा सँधै सय नम्बर आउने गरे पनि राजनीतिमा गाह्रो हुने अनुभव गरेको बताएका छन् ।
बीबीसी साझा सवाललाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले पढाइमा जस्तो आफ्नो सरकारले सय नम्बर पाउन नसकेको बताए । ‘म्याथ म्याटिक्समा म जहिल्यै सय ल्याउँथें, कुनैबेला ९९ वा ९८ आयो भने बिग्रियो, खत्तम भयो भनिथ्यो,’ उनले भने, ‘अब राजनीतिमा चाँही मैले चाहेको पनि सय नै हो, राजनीतिमा सय नम्बर आउँदैन, यो अवस्थामा डिस्टिंग्सनको नजिक नजिक आयो जस्तो लाग्छ ।’
प्रधानमन्त्री भट्टराईले आफू निर्वाचित भएलगत्तै प्राथमिकतामा राखेको शान्ति, संविधान, सुशासन र आर्थिक समृद्धिसहितको राहत दिन केही हदसम्म सफल भएको बताए । उनले शान्ति प्रक्रिया अगाडि बढाउन दलभित्र, दल–दल र अन्तर्राष्ट्रिय समूदायलाई पनि विश्वासमा लिन सकेको दाबी गरे ।
प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानमा भएको उपलब्धिलाई कम नआँक्न आग्रह गरे । ‘त्यसो भए तीन वर्षसम्म किन यो प्रक्रिया अगाडि बढेन ?,’ उनले प्रश्न गर्दै भने, ‘त्यसका लागि प्रमुख भूमिका प्रधानमन्त्रीको पनि हुन्छ ।’
उनले सेना समायोजनबारे भएको सहमतिलाई पाँच वर्षकै सवैभन्दा ठूलो उपलब्धि भने । सुशासन कायम गर्न भने आफूले चाहेजति नसकिएको उनको विश्लेषण थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया