Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो – इवाराकी केनको होकाता सिटी र भरतपुरलाई भगिनी सम्बन्ध स्थापित गरी दुइ देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउनुकासाथै भरतपुरको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका क्षेत्रको बिकासमा जापानको प्रत्यक्ष सहयोग जुटाउने उद्देश्यले हालै जापानबाट गएको एक प्रतिनिधि मण्डलले उक्त क्षेत्रको भ्रमण सम्पन्न गरी जापान फर्केको छ ।

“एराउण्ड द वर्ल्ड सर्भिस’ को निमन्त्रणामा नेपाल पुगेको जापान एग्रिकल्चर सेन्टरको टोलीले दुइ शहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धमा ब्यापक छलफल गर्नुकासाथै कृषिजन्य भू-भागकारुपमा चिनिने होकाता शहरमा कृषिमा आधारित कामका लागि नेपाली प्रशिक्षार्थी कामदार भित्र्याउनका लागि आवश्यक अध्ययन तथा अनुमगनसमेत गरेको थियो ।

जापान एग्रिकल्चर सेन्टर (जेए) का अध्यक्ष मिहोया निरोउको नेतृत्वमा नेपाल पुगेको उक्त टोलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एनेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार दाहाललगायतका नेताहरुलाई भेटी नेपालमा किसानमुखी योजना सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी टोलीले कृषिमन्त्री नन्दनकुमार दत्त, श्रम तथा यातायात ब्यवस्थामन्त्री सरिता गिरी तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जन तामाङलाई भेटी जापानमा कृषि क्षेत्रमा नेपाली कामदारको माग उच्च रहेको चर्चा गर्दै नेपाली कामदार जापान पठाउने कार्यमा सहजकर्ताको भूमिका निर्बाह गरि दिन आग्रह गरेका थिए । एनआरएन जापान तोकाई होकुरिकु (नागोया) क्षेत्रका अध्यक्ष निमा लामाको बिशेष पहलमा उक्त टोली अध्ययन भ्रमणका लागि नेपाल पुगेको थियो ।

“नेपालमा ठूला ठूला कृषि फार्महरु सञ्चालन गरी मुलुकको हरित बिकासमा सहयोग गर्न हामी तयार छौं, यसका लागि राज्यका तर्फबाट पनि सहज वातावरण निर्माण हुन आवश्यक छ’ भेटका क्रममा टोलीमा सम्मिलित होकाताका पुराना तथा अग्रज किसान नेसाकी इसाओले प्रधानमन्त्री डा. भट्टराईसंग भने । यसैगरी सो अवसरमा टोलीका अर्का सदस्य हिसायोशी मोरीले अन्य मुलुकको तुलनामा नेपालीहरु इमान्दार हुने भएकोले नेपालीहरुलाई बिशेष प्राथमिकता दिईएको बताए ।

टोलीमा सम्मिलित जापानका पुराना ब्यवसायी तथा समाजसेवी निमा लामाले नेपालको बढ्दो बेरोजगारी समस्यालाई हल गर्दै मुलुकको आर्थिक समृद्धिका लागि आधुनिक कृषिमै जोड दिईनुपर्ने र त्यसका लागि कृषिमा आधारित सीप र प्रविधि सिकाउन नेपाली कामदारहरुलाई प्रशिक्षार्थीकारुपमा जापानमा अवसर सिर्जना गर्न आफुहरु लागिपरेको बताए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया