Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
टोकियो   थकाली सेवा समिति (थसेस) नेपालले नयाँ वर्ष- २०१२ को अवसरमा भव्यरुपमा काउन्टडाउन पार्टी आयोजना गर्ने भएको छ ।
थसेस जापानको नोभेम्वर २७ तारिखमा बसेको बैठकले बिगतमा झै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने गरि आउँदो डिसेम्वर ३१ तारिख बेलुका भब्य कार्यक्रम गर्ने विज्ञप्तीमा जनाइएको छ ।
थसेस जापानको तर्फबाट महा-सचिव तथा यस कार्यक्रमका संयोजक अनिल भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘ यस बर्ष २०११ सालमा जापान आगमन नब-आगन्तुक थकाली सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम, भेटघाट एवं काउन्टडाउन पार्टी तथा नवबर्ष सन् २०१२ को उपलक्ष्यमा समेत शुभ-कामना आदानप्रदान भव्यरुपले गरिने छ ।’
थसेस जापानले स्वागत, सम्मान र भेटघाट कार्यक्रम विगतमा पनि सम्पन्न गर्दै आएको र आफ्नो नव-आगन्तुक सदस्यहरुलाई स्वागत गर्ने परम्पराको सुरुवातको संस्कारसँगै वार्षिकी कार्यक्रम समेत भएको जनाइएको छ ।
समय परिस्थिति र अनुकुलता अनुसार नौलो योजना, बैज्ञानिक बिधि, सदस्यहरुको चाहना र रुची अनुरुप नयाँपनको रुपमा थसेस जापानलाई प्रस्तुत गर्दै लैजानु पर्ने आवश्यकता अपरिहार्य रहेको बताउदै यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाइने जनाइएको छ ।
थसेस जापानका अध्यक्ष शरदकुमार गौचनले कार्यक्रममा सहभागी हुन आहृवान गर्नुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया