
‘नेपालको वर्तमान परिस्थिति तथा संवैधानिक जटिलता’ बिषयमा गरिएको बृहत छलफल तथा अन्तर्क्रिया कार्यक्रम नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा जापानस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । संस्थाका महामन्त्री आनन्दबहादुर क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि सुभाष लोहनी, नेपाल लोकतात्रिक मञ्च जापानका अध्यक्ष सिर्जना काफ्ले, नेपाल आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, एनआरएन जापानका कार्यवाहक अध्यक्ष चिरन्जीवी थापालगायतले मुलुकको पछिल्लो परिस्थितिबारे विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा पापडका अध्यक्षसमेत रहनुभएका बार अध्यक्ष खड्काले बिदेशमा बस्नु भएका तर नेपाली माटोप्रति माया र सदभाव देखाउनु हुने सम्पुर्ण नेपालीहरुलाई देश टुक्रिने, बर्बाद हुने प्रजातन्त्र मासिने जस्ता कुरा नहुने त्यसको राक्षार्थ सचेत नेपाली नागरिक र नेपाल बार एशोसियशन लडिरहेको र लडिरहने दृढता व्यक्त गर्नुभयो ।
महिला हिंसा बिरुद्दमा आफु र आफ्नो संस्थाले आवाज वुलन्द गरी रहेको र नेपालमा जघन्य अपराध गर्नेलाई कडा कारबाही गर्ने ब्यबस्था कानुनमा भएको तर त्यसको उचित प्रयोग नभएको कुरा स्वीकार्दै अब आउँदा दिनमा त्यो सब कार्यान्वयन हुने दृढता ब्यक्त गर्दै खड्काले नेपाल बारले कुनै पार्टीको एजेण्डा नबोक्ने तर देशलाई बिखण्डन ल्याउन खोज्नेप्रति निरन्तर लडने प्रतिबद्दता जनाउनु भएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि श्री सुभाष लोहनीले देशमा ठुला ब्यबसायीहरुबाट भ्याट ट्याक्स छली जस्ता जघन्य अपराध गरेकोतर्फ ईंकित गर्दै त्यस्ता कार्यहरु तुरुन्त रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्य जघन्य अपराध गर्ने अपराधीहरुलाई मृत्युदण्ड समेत दिनु पर्ने व्यवस्था लागु गर्दै जातीयता संघीयता आधारमा देश टुक्र्याउन नपाइने जिकिर गर्नुभयो ।
नेपाल लोकतात्रिन्क मञ्चका अध्यक्ष सिर्जना काफ्लेले जापानमा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रम गर्ने क्रममा संघ संस्थाहरु मिलेर संयुक्त कार्यक्रम गरेमा फलदायी र प्रभावकारी हुने संकेत गर्दै महिला हिंसा बिरुद्दमा संचालन गरेको कार्यक्रममा सम्पुर्ण महिला तथा पुरुषले साथ दिई त्यसको अत्य गरी समृद्द परिवार, समाज र राष्ट्र निर्माण गर्ने कुरामा जोड दिनुभयो । नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचनले नव युवाको नयाँ जोश र जाँगरले देशलाई कानुनी राज्य निर्माण गरी बच्चा अपहरण, हत्या, हिंसा र आतंकाको राजनितिकबाट माथि उठेर काम गर्नु पर्ने बताउनु भएको थियो ।
नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्य पिताम्वार चापागाईं (पदमपानी) ले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति पासाङ शेर्पाले सम्पुर्ण जात जातिहरुको हक हित र अधिकारलाई समेट्दै दलित, महिला बालबालिका र अन्य पिछाडियका बर्गको जिवनस्तर उकास्नका निमित्त आगामी संविधानमा विषेश व्यावस्था लागु गर्नु पर्ने कुरामा जोड दिनुभयो ।