Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो –  कारोवार दैनिकका समाचार सम्पादक एवं युवा पत्रकार बिजयबाबु खत्रीको हालै सवारी दुर्घटनामा परि परी भएको असामयिक निधनप्रति गैरआवासीय नेपाली संघ जापानले एक शोक बिज्ञप्ती प्रकाशित गरी गहिरो दुख ब्यक्त गरेको छ ।
बिज्ञप्तीमा, पत्रकार खत्रीको गत १२ मंसिर २०६८ तदअनुरुप सन् २०११ नोभेम्वर २८ सोमबारका दिन रुपन्देहीको सालझण्डी भन्ने ठाउमा कार दुर्घटनामा परी ३५ बर्षको उमेरमा असामायिक निधन भएको दु:खद खवरले गैरआवासीय नेपाली संघ जापान स्तब्ध भएको छ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरिएको छ। उक्त कुरा संघको तर्फबाट प्रवक्ता शरदकुमार गौचनद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – कर्मठ युवा पत्रकार तथा संघका परममित्र स्व. खत्रीले गैरआवासीय नेपाली संघ, जापानको २००६ मा सम्पन्न पहिलो अधिवेशनमा समेत सहभागिता जनाई  सम्मेलनको समाचार संप्रेषण कार्यमा ठूलो मद्दत पुरयाउनुभएको थियो । एनआरएनको स्थापना कालदेखिनै यस अभियानमा महत्वपूर्ण योगदान दिदै आउनुभएका स्व. खत्री बिश्वका आधा दर्जन भन्दा बढि देशमा आयोजित गैरआवासीय नेपाली संघको क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागि भएर संघले उठाएका मुद्धाहरुलाई सु-सुचित गर्ने एवं  समाचार संप्रेषण गर्ने, लेखहरुको प्रकाशन गर्ने, दस्तावेजहरु तयार गर्ने तथा अभिलेख राख्ने कार्यमा उहाँको अहम भूमिका रहेको थियो । स्व. खत्रीले पत्रकारिताको सुरुवात देखि नै बैदेशिक रोजगार, श्रम र गैर-आवासीय नेपालीहरुका बिषयहरुमा कलम चलाउदै आउनु भएकाले पनि गैरआवासीय नेपाली संघलाई अपुरणीय क्षति पुगेको छ भने देशले एक कर्मठ एवं होनहार युवा पत्रकार गुमाएको छ – बिज्ञप्तीमा उल्लेख छ  ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया