Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो – नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय उपाध्यक्ष तथा महिला शिप विकास केन्द्रकी अध्यक्ष रिता खनाल हालै जापानमा एक अष्ट्रियन संस्थाद्वारा सम्मानित हुनुभएको छ । अन्तरराष्ट्रिय रुपमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत नोबेल पुरस्कार विजेता अष्ट्रियन नागरिक अलवर्टको नाममा स्थापित संस्थाले संसारभरका सामाजिक क्षेत्रमा विशेष काम गर्दै आइरहेकाहरुलाई हरेक वर्ष मेडल र प्रमाण पत्रले कामको कदर र प्रोत्साहन गर्दै आइरहेको छ । यस वर्ष नेपालमा गृहिणी शिक्षा र महिला शिप विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकाले रिता खनाललाई उक्त सम्मान गरिएको हो । त्यस अवसरमा उहाँसँगै जापानका तीनजना व्यक्तित्व पनि सम्मानित हुनुभएको थियो ।

जापानको चिवा केनमा जापानका व्युटिसियनहरुको सामाजिक संस्था एसपिसिको वार्षिक साधारण सभाका अवसरमा आयोजित एक भव्य समारोहमा उक्त सम्मानद्वारा श्रीमती खनाल सम्मानित हुनुभएको हो । एसपिसि जापानले पनि पृथ्वीसंरक्षण अभियान, साक्षरता अभियान र स्वास्थ्य खासगरी स्वच्छ पानीका लागि अभियान संचालन गर्दै आइरहेको छ र नेपालमा पनि सामूदायिक अध्ययन तथा तालिम केन्द्र तथा खानेपानी कार्यक्रमहरुमा सहयोग पुर्‍याउँदै आएकाले एसपिसि जापानकै सिफारिसमा नेपाली महिलाको छनौट भएको बुझिएको छ । एसपिसि जापानले संसारका मानिसहरुका भाषा र संस्कृति फरक भए पनि अशिक्षा र अभावलाई हटाउन सकियो भने संसारका मानिस सबैको उन्नति हुन सक्छ कि भन्ने सकारात्मक सोचाइका साथ कार्यक्रम अघि बढाइरहेको छ । ४५ वर्षको इतिहास भएको उक्त संस्था असहाय र आर्थिक रुपमा कमजोर समुदायमा काम गर्दै र काम गर्नेहरुलाई सघाउँदै आएको कुरा उक्त संस्थाका संस्थापक योकोयामाले बताउनु भयो ।

उक्त सम्मान ग्रहण गरेपछि आफ्नो छोटो मन्तव्य दिँदै श्रीमती खनालले आफूले अहिले नै यस किसिमको सम्मानको अपेक्षा नगरेको र यस सम्मानले सामाजिक क्षेत्रमा अझ बढी काम गर्न हौसला मात्रै नभएर दायित्व नै थपिएको आभाष भैरहेको बताउनु भयो । त्यसैगरी उहाँले नेपालमा शिक्षा, स्वास्थ्य र पिछडिएका वर्गका लागि गर्नुपर्ने काम धेरै भएकाले एसपिसि लगायतका संघ संस्थाको थप सहयोगका लागि पनि आव्हान गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया