Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

टोकियो – गैह्र आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले कारोवार दैनिकका समाचार सम्पादक बिजयबाबु खत्रीको हालै सवारी दुर्घटनामा परी भएको असामयिक निधनप्रति गहिरो दुख ब्यक्त गरेको छ । पत्रकार खत्रीको निधनबाट एनआरएनले एक परममित्र तथा अभियानका लागि सहयोगी सञ्चारकर्मी गुमाएको बताइएको छ । उक्त कुरा एनआरएन आइसीसीका तर्फबाट प्रवक्ता डा. हेमराज शर्माद्वारा प्रेषित शोक बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरिएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – कारोवार दैनिकका समाचार सम्पादक एवं युवा पत्रकार विजयबाबु खत्रीको २०६८ साल मंसिर १२ गते सोमवार मध्यान्ह कार दुर्घटनामा परी भएको निधनले गैरआवासीय नेपाली संघ स्तव्ध भएको छ। संघका परम मित्र खत्रीले गैरआवासीय नेपाली अभियानमा सुरुका दिन देखिनै महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो। काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनहरु देखि जापान, कतार, जर्मनी, बैंकक, सिंगापुर, युएई र रसियामा आयोजित क्षेत्रीय र राष्ट्रिय सम्मेलनहरुमा सहभागि भएर संघले उठाएका मुद्दाहरुलाई राष्ट्रिय समाचार माध्यमसम्म पुर्‍याउने तथा संघका प्रकाशन र दस्तावेज तयार पार्न उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। खत्रीले पत्रकारीताको सुरुवात देखि नै वैदेशिक रोजगार, श्रम र गैरआवासीय नेपालीहरुका विषयमा कलम चलाउदै आउनुभएको थियो। गैरआवासीय नेपाली संघले एक सच्चा परम मित्र र देशले एक कर्मठ युवा पत्रकार गुमाएको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै सोही दुर्घटनामा घाइते हुनुभएका संवाददाताहकरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं – बिज्ञप्तीमा उल्लेख छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया