Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

टोकियो – नेपालबाट पाल्नु भएकी नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष, नेपाली कांग्रेसकी नेतृ तथा महिला आन्दोलनकी अगुवा रिता खनालको प्रमुख आतिथ्यतामा आइतबार टोकियोमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिति जापानद्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष पासाङ शेर्पाले गर्नुभएको थियो भने स्वागत मन्तब्य कान्तो शाखाका अध्यक्ष यमलाल कँडेलले गर्नुभएको थियो । जनसम्पर्क समिति जापानको केन्द्रिय सदस्य पिताम्बर चापागाईको रोचक संचालन रहेको उक्त कार्यक्रममा परिचय तथा आफ्नो भनाई राख्ने क्रममा महाधिवेशन प्रतिनिधि महेशकुमार श्रेष्ठ, चिरन्जीबी थापा, सुवास लोहनी, कपिलदेब थापा, सल्लाहकार भूपिगोबिन्द श्रेष्ठ, कोषाध्यक्ष नवराज थापा, प्रवक्ता राजेन्द्र जमरकट्टेल, सदस्य पुष्करजंग थापालगायले देशको बिषम परिस्थितिको बारेमा अन्तरक्रिया गरी समाधानको निमित्त हुन सक्ने उपायहरुको बारेमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट राखिएको जिज्ञासाहरुको उतर दिंदै नेतृ खनालले नेपाली कांग्रेस पार्टी र जापान सरकारको बिचमा जनसम्पर्क समिति जापानले कोसेढुङ्गाको काम गर्नुपर्ने बिचार ब्यक्त गर्दै  संसारभरि रहेका नेपाली जनसम्पर्क समितिहरुलाई ऐक्यबद्ध गरी नेत्तृत्वदायी भूमिका निर्वाह गर्न अह्वान गर्नुभएको थियो । साथै  कार्यक्रममा उठेका बिषयहरुलाई नेपाल गई सम्बन्धित निकायमा पुरयाउने प्रतिबद्धता जाहेर गर्नुहुँदै नेतृ खनालले नेपाली जनसम्पर्क समिति जापानले नेपाल र नेपालीहरुको हितमा कामहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया पश्चात संस्थाका महामन्त्रि आनन्दबहादुर क्षेत्रीले उपस्थित सम्पूर्ण महानुभावहरुका साथै प्रमुख अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अन्त्यमा  कार्यक्रमका सभापति पासाङ शेर्पाले हाल देशको बिषम परिस्थितिलाई मनन गर्दै नेपाली कांग्रेस पार्टीले आम नेपाली जनताको चाहना र ईच्छअनुरुप बिशेष भूमिका खेल्दै अगाडि बढ्नुपर्नेमा जोड दिदैं कार्यक्रमको समापन गर्नुभएको थियो ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया