Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

टोकियो – नेपाली बिद्यार्थी समाज जापान (नेसाज ) र गैह्र आवासीय नेपाली संघ, जापान बीच आगामी १३ तारिख आइतबार सम्पन्न हुन गैरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जानकारी गराएको छ |

नागोयाको खासुगाई स्थित च्युबू बिश्वबिद्यालयको खेल मैदानमा दिउसो १२ बजे बाट शुरु हुने औपचारिक कार्यक्रमको समापन लगत्तै ठिक १ बजेबाट खेलको शुरुवात हुने एनआरएन जापानका कार्यक्रम संयोजक पारसमणि पोखरेलले जानकारी दिनुभएको छ | रातो जर्सीको साथमा खेलमैदानमा उत्रन लागेका एनआरएनका खेलाडीहरु टोकियो, ओसाका, निगाता, रोसिमा र फुकुओकाबाट १३ तारिख बिहान सम्ममा खेल मैदानमा आइपुग्ने जानकारी दिदै एनआरएन जापानका खेल क्याप्टेन चिरन्जीवी सिग्देलले गत वर्षभन्दा यो बर्ष अझ खेलाडिहरुमा देखिएको उत्साहले हामी आयोजकलाई थप प्रोत्साहित गर्नुका साथै त्यसै अनुसारको तयारी गरिएकाले खेल भव्यतापूर्वक सम्पन्न हुने  अपेक्षा गरिएको बताउनुहुन्छ |

गत बर्ष रातो जर्सीमा उत्रिएर जित हासिल गरेको नेसाज अहिले आफ्ना युवा खेलाडिहरुलाई कालो जर्सीका साथ मैदानमा उतार्दैछ | खेलको लागि आफ्नो टिममा टोकियो र फुकुओकामा रहनुभएका खेलाडिहरु पनि सहभागी हुने जानकारी दिदै नेसाजका खेल संयोजक बिमल अधिकारी खेल जित हार भन्दा पनि एक आपसमा आत्मियता साटासाट गर्नको लागि खेलको आयोजना गरिएको हुनाले यसलाई आत्मियताको पर्वको रुपमा लिइएको बताउनुहुन्छ | खेल खेल्नको लागि थुप्रै खेलाडिहरुले उत्साहपूर्वक नाम दर्ता गराउनुभएकोले आलो पालो अनुसार सबैलाई अवसर प्रदान गरिने बताउदै नेसाजका खेल क्याप्टेन कृष्णकुमार भेटुवालले खेलमा सहभागी हुन अनिवार्य नेसाजको सदस्यता लिइएको बिद्यार्थी हुनुपर्ने आयोजक समितिको नियम भएकोले सदस्यता नलिनु भएका खेलाडिहरुले  सोही दिन खेल शुरु हुन अगावै सदस्यता लिई सहयोग गर्न अनुरोध गर्नुभएको छ |

आफ्नो क्षेत्रमा फुटबल प्रतियोगिताको अवसर परेर सबै क्षेत्रका अग्रज तथा सहपाठी साथीहरुको उपस्थिति हुन लागेकोमा सम्पूर्ण महानुभावहरुलाई तोकाई होकुरिकु परिवारले हार्दिक स्वागत गर्दै खेलको पूर्ण सफलताको कामना गरेको छ |

नागोयामा दोश्रो पल्ट हुन गईरहेको यो खेलले जापानमा बढ्दै गैरहेको चिसो मौसममा पनि खेल प्रति चासो राख्ने जापानबासी नेपालीहरुमा रौनकता थपेको छ | यस खेललाई आइएमई मनि ट्रान्सफर जापानले प्रायोजन गरेको छ भने जापानबाट संचालित अनलाइन मिडियाहरुले सहयोग गरेका छन् | ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया