टोकियो- जापानबाट नेपाल पैसा पठाउने कार्य शुरु गरेको पहिलो मनी ट्रान्स्फर कंपनी सिटी एक्स्प्रेसले गत बिजया दशमी तथा शुभ दिपावलीको उपलक्षमा बजारमा ल्याएको उपहार योजनाका बिजेतालाई हालै उपहार बापतको नगद रकम हस्तान्तरण गरेको छ । म्याग्दी अर्थुङे गाबिस वार्ड नं २ का बालकुमार भन्ने डेक बहादुर बानियांले सो उपहार हात पार्नु भएको थियो । उहां हाल टोकियोको नाकानो स्थित दिपज्योती नेपाली-इण्डियन रेष्टुरेन्टमा कार्यरत हुनुहुन्छ । ८ नोभेम्बरका दिन टोकियो स्थित समुद्रपारी डट कम तथा नेपाली समाचारको कार्यालयमा भएको एक भेटघाट कार्यक्रममा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका डाइरेक्टर महेश कुमार श्रेष्ठले सो रकम बानियालाई हस्तान्तरण गर्नुभएको हो ।
बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत १ जुलाई २०११ देखि १० अक्टुवर २०११ सम्ममा पैसा पठाउने आफ़्ना सेवाग्राही मध्यवाट एक जनालाई गोला प्रथाद्वारा छनोट गरी जापानदेखि नेपाल र नेपालदेखि जापान सम्मको हवाई टिकट उपलब्ध गराउने ब्यवस्था गरेको थियो । तर बिजेता बानियाले उक्त हवाइ टिकटको सट्टामा नगद रकम १ लाख २० हजार येन लिनु भएको हो ।
गत अक्टोबर ११ तारिखका दिन काठमाण्डौंमा आयोजित एक समारोहका बीच एनआरएन जापानका अध्यक्ष ओम गुरुंगले उक्त लक्की ड्र खोल्नुभएको थियो ।