Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

टोकियो- ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बर्षिया पूर्णिमा गुरुङले आफूलाई बचाउन सवैलाई आग्रह गर्नुभएको छ। बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन नसकेको भन्दै सवैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको हो। ब्लड क्यान्सरवाट पीडित पूर्णिमा गत असार १२ गतेदेखि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ।

“मलाई बाँच्ने चाहना छ, मलाई बचाएर सवैले मानवीय ब्यवहार देखाईदिनु हुन अनुरोध छ” पूर्णिमाले भन्नुभयो, “तपाईहरुले सहयोग गरेमा मैले नयाँ जीवन पाउने छु।” यसवर्षको एसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तीर्ण हुन सफल पूर्णिमाले पढेर गाउँघरका दुःखी, दरिद्र तथा असाहयहरुको सेवा गर्ने ठूलो धोको छ।

पूर्णिमाले आफूलाई सहयोग गर्ने महानुभावका लागि लमजुङ सदरमुकाम वेसीशहरको बैंकमा खाता खोल्नुभएको छ। पूर्णिमा गुरुङले आफ्नै नाममा रिलायबल फाईनान्स लिमिटेड, शाखा कार्यालय वेसीशहर, लमजुङमा ००३००००५४७२५ नम्बरको खाता खोल्नुभएको हो। उहाँले आफ्नो खातामा सहयोग रकम जम्मा गरेर आफ्नो जीवन बचाईदिनु हुन विशेष गरी आफ्नो गाउँघरवाट विदेश जानुभएका सवै दाज्युभाइ तथा दिदिबहिनीहरुलाई आग्रह गर्नुभएको छ।

सहयोगका लागि पूर्णिमाले आफ्नो फूपू टेकमाया गुरुङको मोवाईल नम्बर ९८४६१२७९९१ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्नुभएको छ। पूर्णिमाको सहयोगका लागि पोखरावाट पनि सहयोग रकम संकलन कार्य तिब्र पारिएको छ। पोखराको सिटी डेभलपमेन्ट बैंकमा खोलिएको खाता नम्बर ००१०००००६०१ (एच-ज) मा ३३ हजार ८ सय ८८ रुपैया रकम जम्मा भईसकेको  छ। दोहा कतारबाट दुर्गाप्रसाद राईले पूर्णिमाको पूर्ण स्वास्थ लाभको कामना गर्दै ५ हजार ४ सय ९९ रुपैंय़ा जम्मा गर्नुभएको थाहा भएको छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया