Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

सिन्धुली – सिन्धुलीबाट बनेपातर्फ आउँदै गरेको यात्रुबाहक बस विपी राजमार्ग अन्तर्गत सिन्धुलीको पुरानो झाँगाझोली गाविस वडा नं. ४ रिठ्ठेको जंगलमा भएको दुर्घटनामा अहिलेसम्म ४७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ना.३ ख ९४१२ नम्बरको बस बिहान साँढे १० बजे सडकबाट सुनकोशी नदिमा खसेको थियो । ४६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये चालक प्रेम तामाङको र सिन्धुली पुजा गाविस वडा नं. १ का ४६ बर्षीय बीरवहादुर गौतमको मात्रै सनाखत भएको छ ।

उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । धुलिखेल अस्पतालमा ५ बर्षे बालक रञ्जित गौतम, उनका बाबु बद्रि, रस्मिता श्रेष्ठ र नारायण मगरको उपचार भइरहेको छ । घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ भने सिन्धुलीको रातमाटेबाट प्रहरीको उद्धार टोली पुगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार ११ जना व्यक्तिले गाडीको छतबाट हाम फालेर ज्यान जोगाएका छन् । बसमा सयभन्दा बढी यात्रु रहेको पनि प्रत्यक्षदर्शीले बताएका छन् । बस बिहान साढे ५ बजे सिन्धुलीमाढीबाट हिँडेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया