Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो- गैर आवासीय नेपाली संघ (NRNA)  जापानले नयाँ बर्ष २०१२ को उपलक्षमा आइतवार साँझ एक रात्रीभोज कार्यक्रमको आयोजना गरी जापानबाट एनआरएन आइसीसीमा प्रतिनिधित्व गर्ने बिभिन्न महानुभावहरुलाई सम्मान गर्‍यो ।

गैर आवासीय नेपाली संघ (NRNA) अन्तरराष्ट्रिय समन्वय परिषद (ICC) को कोषाध्यक्षमा निर्वाचित भवन भट्ट, एशिया प्यासिफिकका लागि सहसंयोजक किरणविक्रम थापा, आईसीसी सदस्यमा निर्बाचित लालबहादुर केसी, मनोनित सदस्य राजन प्रधानाङ्गलाई समारोहमा सम्मान गरिएको हो । उहाँहरुलाई एनआरएन जापानका अध्यक्ष ओम गुरुङले खादार्पण गरी सम्मान गर्नुभएको हो। सम्मानित ब्यक्तित्वहरुले आ-आफ्नो धारणा ब्यक्त गर्नेक्रममा प्राप्त सम्मानबाट अझ जिम्मेवारी थपिएको धारणा ब्यक्त गरेका थिए।

जापानबाट आइसीसीमा निर्वाचित अन्य सदस्यहरु रोविन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ र डा. सुदिप अधिकारीको भने कार्यक्रममा उपस्थिति थिएन ।

नयाँ बर्षको शुभकामना आदान-प्रदान लगायत समसामयिक बिषयवस्तुमा छलफल तथा बिचारबिमर्श गर्ने उद्देश्यले आयोजित सो रात्रीभोजमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए । जसअनुसार अनेसास जापानका अध्यक्ष प्रकाश पौडेल माइला, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समिति जापानका कावा अध्यक्ष पासाङ शेर्पा, नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापा, प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, ब्यवसायी महेश श्रेष्ठ, जापानबाट आईसीसीका लागि महिला प्रतिनिधि नम्रता पाण्डे, बुद्धिजीवीहरु मेघराज नेपाल, डा. राम गिरीलगायतका ब्यक्तिहरु थिए ।

अध्यक्ष ओम गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा उपस्थित महानुभावहरुको उपाध्यक्ष विष्णुहरि रेग्मीले स्वागत गरेका थिए भने अर्का उपाध्यक्ष चिरिञ्जीवी थापाले कार्यक्रमको अन्तमा धन्यबाद ज्ञापन गरेका थिए। यसैगरी सभापति ओम गुरुङले नेपाली कम्युनिटीको एकतालाई थप सुदृढ बनाउनका लागि बिगतमा भएका कमीकमजोरी र त्रुटीहरुलाई सच्याउँदै सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । टोकियो सिनओकुबोस्थित मिलन रेष्टुरेन्टमा भएको सो रात्रीभोज कार्यक्रमको महासचिव डा. राजेन्द्र पराजुलीले सञ्चालन गरेका थिए । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया