Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – जापानमा क्रियाशील संघसंस्थाहरुमाझ पुरानो र नेपाली बिद्यार्थीहरुको एकमात्र गैरराजनीतिक छाता संगठन नेसाजको बार्षिक कार्यक्रम अनुरुप “नेसाज शैक्षिक कार्यशाला गोष्ठी २०१२” टोकियोको कोमाबा क्याम्पसमा हुने भएको छ । उक्त कुरा सो संस्थाका सचिव एबं सातौं नेसाज शैक्षिक कार्यशाला गोष्ठी २०१२” का संयोजक ई. कृष्ण भेटवालले जानकारी गराउनु भएको छ ।उक्त कार्यशाला गोष्ठीलाई सम्पन्न गर्नका लागि डा. वेद प्र. काफ्लेको नेतृत्वमा एक कार्यदल पनि गठन गरिएको छ । नेसाजको यस शैक्षिक कार्यशाला गोष्ठी २०१२, जापानमा छरिएर रहेका बिद्यार्थी तथा उच्चस्तरिय रिसर्चरहरुमाझ ज्ञान आदान-प्रदान गर्ने अवसरकारुपमा लिइनुपर्ने नेसाजका अध्यक्ष बिमल अधिकारीले बताउनुभयो ।

कार्यशाला गोष्ठीलाई सफलतापूर्वक सम्पन्न गर्ने अभिभारा लिनुभएका डा. काफ्लेकाअनुसार यस कार्यशाला गोष्ठीलाई विगतमाभन्दा भिन्दै र नयाँ सोचका साथ सम्पन्न गराउने तयारी भईरहेको जानकारी दिनुभएको छ । जसनुरूप यसपालीबाट विभिन्न विधामा उत्कृष्ट रिसर्च गर्ने नेपाली बिद्यार्थीहरुलाई आकर्षक पुरस्कार प्रदान गरी सम्मान गरिने बताउनु भएको छ । छरिएर बसेका नेपाली बिद्यार्थीहरुलाई यस्ता गोष्ठीहरुको माध्यमबाट एकत्रित गरि आर्जित ज्ञानको आदान-प्रदान गर्ने कार्य नेसाजले गर्दै आईरहेको छ ।

कार्यक्रम सम्बन्धि विवरण:

7th NESAJ Knowledge Transfer Symposium 2012

Theme: Modern Technologies and Policies for Nation Building

Place: University of Tokyo, Komaba Campus, Tokyo

Date: 19th February 2012 (Sunday)

Awards: First Prize: Certificate and Cash (20,000 JPY) / Second Prize: Certificate and Cash (15,000 JPY) / Third Prize: Certificate and Cash (10,000 JPY)

Paper submission due date: 2 Feb. 2012 / Acceptance notification: 10 Feb. 2012

Please contact For Paper Submission and more Information:
 [email protected], [email protected]

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया