Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
हेटौँडा- एमाले नेता केपी शर्मा ओलीले देशलाई एमालेको नेतृत्व चाहिएकाले अब एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए।
एमालेले हेटौँडामा आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन।
ओलीले उग्र बामपन्थी पार्टीले सरकारको नेतृत्व गरेकाले मुलुकमा समस्या भएको टिप्पणी गर्नुभयो । बर्खाको खहरे उर्लेर सुके जस्तै माओवादी पनि सुकेर जाने ओलीले दावी गर्नुभयो ।
माओवादी अध्यक्ष प्रचण्ड अतिवादी पथ भएको आरोप लगाउँदै ओलीले भन्नुभयो ‘प्रचण्ड गर्मीमा बरफ बिलाए जस्तै माओवादी पनि अब बिलाएर जान्छन् ।’
नारायणी अञ्चल कार्यकर्ता तीन महिने जनपरिचालन तथा सङ्गठन सुदृढीकरण अभियानमा जुटेको नेकपा एमालेले आज हेटौँडामा नारायणी अञ्चलस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको हो।
एमाले नारायणी अञ्चल कमिटीको आयोजनामा भएको भेलामा गौतम, पोखरेल, सचिव युवराज ज्ञवाली, नारायणी अञ्चल इन्चार्ज काशीनाथ अधिकारी, सहइन्चार्ज नागेन्द्र चौधरी, अञ्चल सदस्य कृष्णप्रसाद दाहाललगायतले बोलेका थिए।
बारा, मकवानपुर, पर्सा, चितवन, रौतहटका एमाले र जनवर्गीय सङ्गठनका करिब ४ सयको कार्यक्रममा सहभागिता थियो। आगामी फागुन २१ गते काठमाडौँमा राष्ट्रिय प्रतिनिधि परिषदको बैठक तयारी गरिरहेको नेकपा एमालेले पुस १ गतेदेखि थालेको अभियानअन्तर्गत यो तेस्रो अञ्चल भेला हो। नारायणी अञ्चलमा एमालेको आठौँ महादिवेशनताका करिब ९ हजार सङ्गठित सदस्य रहेकोमा अहिले २० हजार पुग्न लागेको एमाले नारायणी अञ्चल सचिव अनन्त पौडेलले बताए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया