काठमाडौं– संविधानसभाको जनमत संकलन समितिले नयाँ संविधानको पहिलो मस्यौदा दैनिक पत्रिकामा छपाएर ६४ लाख घरधुरीमा पुर्याउने भएको छ ।
जनमत संकलनलाई प्रभावकारी बनाउनेबारे सञ्चारकर्मी र सञ्चार सम्बद्ध संस्थासँगको छलफलका क्रममा सभापति प्रमोदप्रसाद गुप्ताले ६४ लाख पत्रिका घरघरमा पुर्याउने योजना रहेको जानकारी दिए ।
संविधानप्रति जनताको अपनत्व बढाउन जनमत संकलनलाई प्रभावकारी बनाइने उनले बताउनुभयो । संविधानको पहिलो मस्यौदा बनेपछि ६४ लाखप्रति पुस्तिका प्रकाशन गर्न र जिल्ला जिल्ला पुर्याउन व्यावहारिक कठिनाइ भएकाले सञ्चार माध्यमको प्रयोग गर्न लागिएको सभासद्हरुले बताएका छन् ।
छलफलमा पत्रकारहरुले भने दैनिक पत्रिका संगसँगै एफएम रेडियो टेलिभिजनलगायत आम सञ्चार माध्यमलाई प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
संविधानको पहिलो मस्यौदामाथि फागुन २३ देखि चैत १५ सम्म जनमत संकलनका लागि जाने कार्यतालिका छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस २०, २०६८
प्रकाशित समय: ५:०४:२४