Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

ओसाका – नयाँ वर्ष २०१२ अवसरमा ओसाकामा आयोजित भेटघाट तथा शुभकामना आदान कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ ।

करीब ११० जनाको उपस्थिति रहेको नेपालीबीच जापानीहरुको पनि उपस्थितिले गर्दा कार्यक्रम झनै रोचक भएको थियो । नारा, उमेदा, साकाए, होममाची, याहो, आइचिकेन, मियाकेन र नागाइबासी नेपालीहरुले आफ्नो देश र संस्कारलाई नभुल्ने प्रतिबद्धता व्यक्त गर्दै नाचगानका साथ रमाइलो गरेका थिए । राति १० बजेदेखि बिहान ५ बजेसम्म आयोजित कार्यक्रम नागाई सुरज रेष्टुरेन्टमा भएको थियो ।

कार्यक्रममा उपलब्ध गराइएको परिकारहरु खसीको मासु, चिउरा, आलुको अचार, छोयला आदि जस्ता स्वादिष्ट भोजनको व्यवस्था मुक्तिराम खरेलले गर्नुभएको थियो । कार्यक्रमका संयोजक तुल्सीराम खरेलले रातिको १२ बजे सन् २०११ लाई बिदाई तथा २०१२ लाई स्वागत गर्दै शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

त्यसपश्चात् नेपाली झण्डा बोकी नाच्दै गाउँदै भजन कृतनका साथ ओसाका सुमियोसी थाइसा (ओटेरा) सम्म पुगि दर्शन समेत गरिएको थियो । कार्यक्रममा नेपाली संस्कृति र एकतालाई सदैव दिगो बनाई राख्न सक्रियताका साथ सहयोग गर्नुहुने आत्माराम गैरे, टिकाराम कँडेल, कृष्ण शर्मा गैरे, डिलाराम सापकोटा, तेजमणी चालिसे, हरिप्रसाद कँडेल लगायत सबैलाई धन्यवाद व्यक्त गरिएको थियो ।

उपस्थित व्यक्तित्वहरुले यो कार्यक्रमलाई निकै नै अविस्मरणीय रहेको समेत बताउनु भएको थियो भने अन्त्यतमा उपस्थित सबैलाई धन्यवाद दिँदै आउने दिनहरुमा पनि यसैगरी सम्पूर्ण चाडबाड मनाउने संकल्प गर्दै कार्यक्रमको अन्त्य गरिएको थियो ।

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया