Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं– नेता केपी शर्मा ओलीलाई तेस्रो स्थान दिएपछि त्यसको नाफा घाटाबारे एमालेमा बहस सुरु भएको छ ।
स्थायी कमिटी बैठकले शुक्रबार ओलीलाई तेस्रो स्थान दिँदै एकता सुरु गरेपछि नाफा घाटाको बहस पार्टीभित्रै सुरु भएको स्रोतले जनाएको छ । स्रोत भन्छ– ‘आफू प्रधानमन्त्री भएपछि चटक्कै छाडेर असफल बनाउने अभियानमा लागेका महासचिव खी झार्न अध्यक्ष झलनाथ खनाल सफल भएका छन् ।’
बरिष्ठ नेता माधवकुमार नेपाल र ओलीको गुटमा छिरेका पोखरेललाई आफ्नो गुट बनाउन पनि एकता अभियानले असहज भएको छ । आफूमाथि ओलीलाई लैजाने खनालको तयारीपछि चिन्तित पोखरेलले अभियान असफल पार्ने प्रयास नगरेका होइनन् ।
नेता नेपाल र पोखरेलले अघिल्लो बैठकमा नै ओलीलाई बरिष्ठ नेता बनाउँदै तेस्रो स्थान दिने खनालको प्रस्ताव विफल पारेका थिए । बरु उनीहरुले विगतको समीक्षा गर्नुपर्ने शर्त तेर्स्याएका  थिए ।
नेपाल, पोखरेलको विरोधका कारण एमाले नेता केपी शर्मा ओली तेस्रो बरियतामा रहने र सभासद् हुने सम्भावना लगभग क्षीण जस्तै भएको थियो । तर अध्यक्ष खनालले ओलीलाई सभासद् हुन प्रस्ताव गर्ने तयारी गरे पनि महासचिव पोखरेल र केही जनजाति सभासद्हरुको विरोधका कारण टरेको छ ।
एमाले उपाध्यक्ष बामदेव गौतमका अनुसार ओलीलाई तेस्रो स्थान दिन लागेकामा नेता नेपाल सकारात्मक भए पनि महासचिव ईश्वर पोखरेल असन्तुष्ट थिए । हारेका व्यक्तिलाई पनि बरिष्ठता दिने, पद र शक्तिमा लगे जित्नेको अवमुल्यन हुने उनको तर्क थियो ।
ओलीलाई तेस्रो स्थानमा लगेपछि पोखरेललाई सवैभन्दा समस्या परेको छ । खनाल–ओली मिलेपछि उनी रहेको नेपालको समूह सवैभन्दा कमजोर छ । कमजोर समूहमा छिरेका उनलाई आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन पनि कठीन भएको छ ।
नेपाल–ओली समूहलाई टिकाएर आगामी महाधिवेशनमा अध्यक्ष पड्काउने ध्याउन्नमा रहेका पोखरेललाई नराम्रो चोट परेको निकटस्थहरुको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया