Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफूहरू चाँडै संविधानसभाभित्र दोस्रो पार्टीका रूपमा उक्लिने दाबी गर्नुभएको छ । तर, त्यसका लागि एमाले पङ्क्तिभित्रै सुदृढ एकताको खाँचो रहेको उहाँले औँल्याउनुभएको छ ।
एमाले केन्द्रीय स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विभागद्वारा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै खनालले पार्टीपङ्क्ति एकताबद्ध हुन सके देशमा हलचल पैदा हुने दाबी गर्नुभयो । ‘हामीहरू यतिबेला धेरै ठूलो शक्तिलाई आकषिर्त गर्ने स्थितिमा छौँ । अरू पार्टीबाट धेरै सङ्ख्यामा कार्यकर्ता हाम्रो पार्टीमा आउने सम्भावना छ’- खनालले भन्नुभयो- ‘अन्य कतिपय समुदाय एकताबद्ध हुन सक्छन् र एमाले छोटो समयमा दोस्रो पार्टीमा उठ्न सक्ने सम्भावना छ । स्वयम् ती सम्भावना संविधानसभाभित्र पनि छ । यी सबै सम्भावना हेर्दै पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन लागेका छौँ ।’
अन्य पार्टीमा नेता तथा कार्यकर्ताहरूलाई भित्र्याउनुपूर्व एमाले आफैँ मजबुद र एकताबद्ध हुनुपर्नेमा अध्यक्ष खनालले जोड दिनुभयो । संविधानसभा चुनावमा माओवादीलाई भोट हाल्न पुगेकाहरू अहिले एमालेमै फर्किन चाहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो- ‘गएको संविधानसभामा अत्यधिक जनसमुदायको सहानुभूति एमालेलाई थियो, तर त्यसअनुरूपको भित्री तयारी गर्न सकेनौँ । यसो नगर्दा जनताको ठूलो पङ्क्तिले माओवादीलाई भोट हाल्न पुगे । तर, अहिले तिनै भोट हाल्नेहरू आफैँ अघाइसकेका छन् । धेरै मान्छे एमालेमा आउने तम्तयारीमा छन् । उनीहरूले पुरानै घर फर्किने मनस्थिति बनाएका छन् । त्यसका निम्ति हामीले वातावरण बनाइदिनुपर्छ ।’ ठूलो पङ्क्ति एमालेमा प्रवेश गर्न आउनुपूर्व नेता/कार्यकर्ता गुटबन्दीविहीन हुनुपर्ने धारणा उहाँले राख्नुभयो । ‘उहाँहरू आउनुपूर्व हामीले हाम्रो घर सफाचट् बनाएर राख्नुपर्छ । एमाले नै राम्रो रहेछ भनेर त स्पष्ट देखाउनुपर्छ । त्यसप्रकारको स्वागतका लागि हामी तम्तयार हुनुपर्छ’- खनालले भन्नुभयो । अध्यक्ष खनालले आफ्नो मन्तव्य अधिकांश समय यसमा खर्च गरेपछि कार्यकर्ताले एमालेमा ठूलै पङ्क्ति भित्रिन लागेको अनुमान गरेका छन् । अहिले संसद्मा एमालेभन्दा ५ सिटले काङ्गे्रस दोस्रो शक्ति छ । यदि एमालेले कुनै पनि साना वामसँग एकता गरेमा ऊ स्वतः दोस्रो ठूलो दल हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया