Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं– संविधानसभाको म्याद छ महिनाभन्दा बढी थप्न नपाउने आफ्नो फैसलाविरुद्ध सर्वोच्च अदालतले पुनरावलोकने निवेदन दर्ता गर्न नमानेकोप्रति सभासद् नरहेका शीर्ष नेता सकारात्मक देखिएका छन् ।
माओवादी उपाध्यक्ष मोहन वैद्य, नेत्रविक्रम चन्द, कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले नेता केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारीलगायत सर्वोच्चको निर्णय पक्षमा उभिएका छन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सभामुख सुवासचन्द्र नेम्वाङले दिएको पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले तीन दिनअघि दर्ता गर्न अस्वीकार गरेको छ ।
जनभावनाअनुरूप आएको सर्वोच्च अदालतको फैसलाका विरुद्ध दल तथा सभासद्हरू लागिरहेकाबेला सभासद् नरहेका शीर्ष नेताले सकारात्मक जवाफ दिएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले आफू यस विषयमा नबोल्ने भन्दै घुमाउरो भाषामा समर्थन गरे । ‘कांग्रेस विधिको शासनको पक्षमा छ,’ उनले भने, ‘म यस विषयमा टिप्पणी गर्न चाहन्न ।’
एमाले उपाध्यक्ष विद्या भण्डारीले पनि पद सकिने डरले सभासद् र दलहरु सर्वोच्च विरुद्ध खनिएको आरोप लगाइन् । उनले आफू सर्वैसर्वा भएको अधिनायकवादी चरित्र त्याग्नसमेत आग्रह गरिन् ।
दुई वर्षका लागि जनादेश प्राप्त संविधानसभाले त्यसभन्दा दोब्बर अवधि बिताएपछि म्याद थप्न नपाइने सर्वोच्चको फैसलापछि संविधान निर्माणमा सकारात्मक दबाब पर्ने अपेक्षा गरिएको थियो ।
तर, शान्ति र संविधान निर्माणमा ध्यान केन्द्रित गर्नुको साटो प्रधानमन्त्री र सभामुख म्याद बढाउन पाउनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेपछि फेरि पनि निर्धारित समयमा संविधान बनाउने योजना रहेनछ भन्ने आशङ्कामा थप बल पुगेको छ ।
तर, सर्वोच्च अदालतले भने उनीहरू दुवैको मागअनुसार निवेदन दर्ता गर्नुपर्ने कुनै कारण नभएको भन्दै निवेदन अस्वीकार गरेको छ । म्याद सकिन अझै पाँच महिना बाँकी रहेका बेला शान्ति र संविधान निर्माणमा पहल गर्नुको साटो उनीहरू सोमबार सर्वोच्च अदालत पुगेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया