Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
– पासपोर्ट बेच्नेदेखि हत्यारा, अपहरणजस्ता आपराधिक क्रियाकलापका नाइके ।
– आफ्नो क्षेत्रमा विकास निर्माणमा बिनियोजित बजेट चप्काउने ।
– निर्वाचित भएर गाउँ नफर्किने ।
– संसद भवनमै हुलदङ्गा मच्चाउने ।
– संविधानसभा बैंठकमा गयल हुँदै अन्य भत्ताको कार्यक्रममा लिप्त ।
– आफ्नो भूमिकामा निस्त्रिmय देखिने ।
Ishwor Bhattaraiमाथिका हर्कत गत निर्वाचनमा हामीबाट चुनिएर गएका प्रनिनिधिका हुन् । संविधानसभामा गएको एउटा जमात नै संविधान निर्माण गर्ने पक्षमा भन्दा पनि यी क्रियाकलापमा देखिन्थे । फलत: दुई वर्षमा निर्माण गर्ने संविधान थप चार वर्षमा पनि भएन । अन्त्यतः संविधानसभाकै अवसान हुन पुग्यो । यद्यपि भाग्यवश संविधान सभाबाट संविधान बनाउने सौभाग्य हामीले फेरि पनि पाएका छौं । तर, यो महान अवसरलाई भने भरपुर सदुपयोग गर्ने बेला आएको छ ।
हामीबाट गत संविधानसभामा धेरै त्रुटी भएका रहेछन् । जुन एउटा पाठ सिक्ने माध्यम बनेको छ । अब भने जनताले त्रुटीको समिक्षा गरी एउटा महान उपलब्धिलाई र्सार्थक बनाउने पालो आएको छ । गत संविधान सभामार्फत नेपाली जनताले आफ्नो भाग्य आफैंले कोर्ने संविधान निर्माणको महान अवसर पाएका थिए । जुन हामीले नै चुनेर पठाएको प्रतिनिधिको बेइमानीबाट ब्यर्थै बन्यो । जनप्रतिनिधि बीचबाट निर्माण गर्नुपर्ने संविधान अन्यत्रैबाट निर्माण गर्ने षड्यन्त्र रचियो । जसमा हारेकाहरू सक्रिय बने तर हाम्रा जनप्रतिनिधिको भूमिका शून्य रह्यो । जनप्रतिनिधि हारेकाहरूको आसेपासेमै सीमित बने । संविधान सभाको म्याद थप तथा संविधान निर्माणको अन्तरवस्तुमा हारेकाहरू नाइके रहे । संविधानसभा संविधान निर्माणभन्दा पनि सत्ताको खेलमा केन्द्रित बन्यो । भत्ता पचाउन पल्केकाहरूले म्याद थप्दै गुजारे । संविधान सभाको चार वर्ष कार्यकालमा चार सरकार परिवर्तन गरी सत्ताको खेलमा रहे ।
मुलुकमा जातीय नारालाई घन्काएर जातीय द्वन्द्व निम्त्याउने प्रपञ्च त्यही संविधानसभाबाट नै रचियो । जातीय राज्यको माग गर्दै मुलुकमा आन्दोलनको आधिबेरी नै चल्यो । एकल जातीय राज्यको माग घन्काएर अन्य जातिको अस्तित्व मेटाउने षड्यन्त्र रचियो । जातीय राज्यको माग राख्दै जंगलमा बस्ने राउटेदेखि अल्पसंख्यक कुसुन्डा जाति पनि अघि बढे । आफूले भनेअनुरूपको संविधान बन्न नसक्ने भएपछि ठूला दलले नै जातीय राज्यको उक्साहटमा देखिए ।  दलहरूकै भनाइमा संविधान निर्माण हुने अवस्थामा नै संविधान सभाको अवसान हुन पुग्यो । नेताहरू बीचको जुहारीका कारण संविधानसभा पंगु नै बन्यो । संविधान निर्माण गर्ने अभिभारा लिएर संविधानसभामा गएका सभासद आफ्नो भूमिकाबाट विचलित नै बने । जनताको संविधान पाउने सपना तुहियो । तर, पुनः एकपटक जनताले आफ्नो भाग्य कोर्ने संविधान निर्माणका लागि मौका पाएका छन् । मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनको मिति नजिकिएको छ । जसमा नेपाली जनताले पहिलो संविधानसभा अवसानको कारणलाई समिक्षा गरेर अघि बढ्नुपर्ने देखिन्छ । अनि नयाँ संविधान पाउने सपना साकार हुन्थ्यो कि ? अब हामीबाट जनताको हितका लागि काम गर्नेलाई अघि बढ्न दिनुपर्ने देखिन्छ । राजनीतिक पार्टीलाई भन्दा पनि जनताको संविधान निर्माण गर्न सक्ने एउटा सक्षम प्रतिनिधिलाई चुन्नुपर्ने बेला आएको छ । आउँदो निर्वाचनमा पनि तिनै असक्षम, घुसिया, भ्रष्टाचारी, हत्याराहरू घरदैलोमा जमात बटुल्न आइपुगेका छन् ।
पहिलो संविधानसभालाई मध्यनजर गर्दा हामीबाट धेरै भूल भएको देखिन्छ । यही भूलका कारण असक्षम, भ्रष्टाचारी, घुसिया, हत्यारालगायतका व्यक्ति संविधान सभामा पुगे । यस्ता छवि बनाएका सभासदबाट निर्माण भएको संविधान कस्तो बन्थ्यो होला ? कल्पना गर्न सकिन्छ, जाली फटाहालाई प्रश्रय दिने । आउँदो निर्वाचनमा भने यिनीहरूलाई बेलैमा पन्छाउनुपर्ने बेला आएको छ ।
निर्वाचनका समयमा जनतालाई विकासे आश्वासन देखाएर नेताहरू लोभ्याउने गर्दछन् । फलस्वरूप जनता भने उही ‘भोट बैंक’का रूपमा मात्र सीमित रहन्छन् । जितेर गएपछि नेताहरू गाउँलाई चटक्कै बिर्सने गर्दछन् । तर, जनताको सास्ती भने वर्षेनी उस्तै छ । २००७ सालमा १०४ वर्ष राणाशासन, २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्था तथा २०६५ सालमा २४० वर्ष लामो एकतन्त्रीय राजतन्त्रको अन्त्य, यी सबै नेपाली जनताको बलिदानीबाट नै सम्भव भएको मानिन्छ । तर, परिवर्तनका लागि प्राणको आहुती दिन पछि नहट्ने नेपाली जनताले भने परिवर्तनबाट विमुख हुँदै आएका छन् । झण्डै ६ दशक लामो जनताको सपना, १० वर्ष जनयुद्धबाट हजारौं योद्धाको बलिदानी तथा २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट मुलुकमा पहिलो संविधानसभाको निर्वाचन भएको थियो । लोकतन्त्रको स्थापना तथा अढाइ सय वर्ष लामो निरकुंश राजतन्त्रको अन्त्यलाई उपलब्धिका रूपमा मानिन्छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्दा उपलब्धि खतरामा पर्दै आएका छन् ।
 राजनीतिक अस्थिरताका कारण मुलुकले गति लिन सकेको छैन । मुलुक अनिर्णयको बन्दी बन्दै आएको छ । अस्थिर राजनीतिका कारण भ्रष्टाचार, लुटपाट, अपहरण लगायतका आपराधिक क्रियाकलाप मौलाएका छन् । अर्कोतर्फस्वदेशमै रोजगारीको अवसर सृजना हुन नसक्दा बेरोजगारीको पीडा भोग्दै दैनिक हजारौं युवा विदेशी भूमिमा होमिन बाध्य छन् । वर्षौदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा विकासे कामहरू ठप्प छन् । स्वास्थ्य संस्थाको अभावमा विरामीले अकालमै ज्यान गुमाउनुपर्ने तथा सडक नहुदा घण्टौसम्म हिड्नुपर्ने बाध्यता अझै पनि रही आएको छ । विकास पूर्वाधार सडक, विद्युत, स्वास्थ्यलगायत नहुँदा वर्षेनी जनताको सास्ती ज्यूँका त्यूँ रहेका छन् ।
अब भने सबै जातजाति, भाषा, भेषभूषालाई सम्बोधन हुने गरी सर्बमान्य संविधान निर्माण गर्नुपर्ने बेला आएको छ । त्यसैले अब आउँदो संविधानसभा निर्वाचनमा आ-आफ्नो क्षेत्रबाट एउटा सक्षम नेतालाई चुनेर संविधान निर्माणको काम सम्पन्न गरी मुलुकलाई दीगो विकासतर्फ लम्काउन सकियोस् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया