Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं– तीन हजार मधेसी युवाको प्रवेशलाई नेपाली सेनाले अस्विकार गर्ने ठोकुवा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले गरेका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले राष्ट्रको सेना कुनै पनि हालतमा जातीय, धार्मिक र पार्टीको सेना हुन नहुने भन्दै यसलाई नेपाली सेनाले नस्विकार्ने र सरकाले पनि स्विकार्न नहुने तर्क गरे ।
उनले तीन हजार मधेसीको नेपाली सेनामा प्रवेश राष्ट्रघाती, संविधानविरोधी र कानुनविरुद्ध हुने तर्क पनि गरे । कटुवालले भने– ‘यो निच काम हो , यो काम कुनै पनि नेपाली लाई स्विकार्य हुँदैन । कुनै पनि सचेत नेपाली नागरिकले यो काम गर्न सकदैन ।’
कटवालले प्रधानसेनापति छत्रमानसिंह गुरुङले सरकारलाई कन्भिन्स गरेर यो निर्णय फिर्ता गराउनु पर्ने सुझाव दिदै त्यसो नभए यसले नेपाली सेनामा राजनीतिकरण हावी गराउने र यसले नेपाली सेना विखण्ड हुने तर्क गरे ।
उनले नेपाली सेनाको लागि सरकारको यो निर्णय स्विकार्य नहुने दावी गर्दै नेपाली सेनामा लोकतान्त्रिकीकरण र समावेशी कानून अनुसार हुनु पर्ने नकी कुनै पार्टीको दवावमा हुनु पर्ने धारणा राखे ।
कटुवालले भने– ‘आज यस्तो भयो भने भोली हरेक क्षेत्रले माग गर्छ कसरी माग पुरा हुन सक्छ ? उनले कसको निर्देशनमा नेपाली सेनालाई कमजोर बनाउने षड्यन्त्र भयो भन्दै आश्चर्य समेत प्रकट गरे ।
उनले आफू माओवादीविरोधी नभएको दावी गर्दै प्रचण्डसँग बारम्बार भेट हुने गरेको र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको भेटमासमेत संविधान सभाको निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सुझाव दिएको खुलासा गरे ।
कटवालले नेपाली सेनाले नभई राजावादीले धोका दिएकोले राजतन्त्र समाप्त भएको दावी गर्दै दलहरुले यस्तै काम गर्दै गए नेपालमा फेरि राजतन्त्र फर्कने बताए । उनले भने– ‘निर्विकल्प भन्ने केही हुदैन ।’ यद्यपि उनले शान्ति र संविधान नेपाली जनताको चाहना भएको भन्दै यसलाई पुरा गर्न सुझाव दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया