काठमाडौँ- नेपाल सुन चाँदी कला व्यवसायी संघले शुक्रबार साँझ राजधानीको कपनमा भएको हत्याको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । सुनचाँदी कला व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवासायी संघका संयुक्त बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आन्दोलनका कार्यक्रम अनुसार विहान ११ बज घटनास्थल कपनबाट विरोध र्याली निकालिएको नेपाल सुनचाँदी कला व्यवसायीसंघका अध्यक्ष रद्रबहादुर बराइलीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेज रत्न वज्राचार्यले सरकारले सुन चाँदी व्यवसायीको सुरक्षा गर्न नसकको आरोप लगाउनु भएको छ । पटक पटक सुन चाँदी व्यवसायीमाथि आक्रमण हुदा पनि सरकार गम्भीर नभएको हामीसँगको कुराकानीमा बताउनुभयो । उहाँले घटनाको निन्दा गर्दै व्यवसायीको सुरक्षाकालागि चरणबद्ध आन्दोलन पनि गर्ने जानकारी दिनुभयो ।
शुक्रबार साँझ कपनमा रहेको माता मनकामना सुन चाँदी पसलमा लुटेराको गोली प्रहारबाट हर्कबहादुर दियालेको ज्यान गएको थियो भने रोशन बिक गम्भीर घाइते भएका छन् । घाइते बिकको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।