Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
काठमाडौं– युएई मुलुकको दुबईमा नेपाली महिला कामदारमाथि यौन दुर्व्यवहार हुने गरेको गायिका रेखा घिमिरेले बताइएकी छन् ।
पाँच वर्षदेखि दुबई बस्दै आएकी घिमिरेले काठमाडौं आएको बेला यस्तो बताएकी हुन् । ‘घरेलु कामदारको रुपमा रहेका धेरै नेपाली महिलामाथि यौन दुर्व्यवहार हुने गरेको छ,’ उनले भनिन्, ‘तर उहाँहरुले भित्रभित्रै यस्ता कुरालाई लुकाउनुहन्छ ।’
रेखाका अनुसार युएई गल्फको यूरोप भए पनि संघ संस्था खोल्न नपाइने भएकाले संगठित रुपमा प्रतिकार गर्न नसकिने उनले बताइन् । रेखा आफ्नो नयाँ एल्बम ‘खुशी’को प्रचारका लागि काठमाडौं आएकी हुन् ।

गायन प्रतिस्पर्धामा भाग लिएर सांगीतिक क्षेत्रमा हाम फालेकी रेखा घिमिरे आफ्नो पहिलो एल्बम खुसी ल्याएर प्रस्तुत भएकी छिन ।
चारवटा आधुनिक गीत र चारवटा गजल समेटिएको एल्बममा घिमिरेले मायाप्रेम, राष्ट्रियता र जीवनजगतका भाव बोकेका गीत गाएकी छिन । कलानीधि इन्दिरासंगीत विश्वविद्यालयबाट क्लासिकल संगीतमा तीनवर्षे कोर्ष सकेकी घिमिरेको स्वर औसत भन्न सुहाउँछ भने शब्दसमेत उति खारिएका लाग्दैनन्। तर, गायिकाको पहिलो प्रयास भएकाले यसलाई उनको सुरिलो स्वरले नै क्षमा दिने छाँट भने देखिन्छ।
एल्बममा दलवीरसिंह बराइली, वसन्त सापकोटा, निमेष गिरी, जैकी मौजाहु, ऋषिकेश र घिमिरे स्वयंले शब्द कोरेका छन् भने हरि लम्साल, सोनाम तामाङ र वसन्तले संगीत भरेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया