Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली सेनामा तीन हजार मधेसीलाई प्रवेश गराउने सरकारको निर्णय मधेसीलाई ललिपप खुवाएर मधेसका मुद्दालाई ओझेलमा पार्ने षडयन्त्र भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा यादवले नेपाली सेनालाई जनसंख्याको आधारमा समूहगत रुपमा मधेसीलाई प्रवेश गराई समावेशी बनाउनु पर्ने माग गरे । उनले भने- पूर्व सहमति अनुसार नभएकोले अब मधेसमा भिषण आन्दोलन  छिट्टै हुन्छ ।
साक्षात्कारमा उनले विगतमा १० हजार मधेसीलाई सेनामा समूहगत प्रवेश गराउने सहमति भए पनि सत्ता टिकाउन लागेको मधेसी मोर्चाले ३ हजारमा झारेको आरोप लगाउँदै कार्यान्वयन तहमा जादाँ सम्म ३ सयको प्रवेश पनि नहुने आशंका ब्यक्त गरे ।
अध्यक्ष यादवले मधेसीको सेनामा प्रवेश अघि नेपाली सेनाको एकांकि संरचनाको अन्त्य, राष्ट्रिय सुरक्षा नीति निर्माण, सेनाको आवश्यकता, औचित्य, संख्या निर्धारण र सेनामा नागरिक सर्वोच्चता स्थापना गर्नु पर्ने तर्क गरे । उनले समस्याको दिर्घकालिन भन्दा पनि अल्पकालिन समस्या समाधानको प्रयासमात्रै भएको दावी गरे । उनले भने-ठोस नीति गरेर नेपाली सेनालाई राष्ट्रिय स्वरुप नदिई प्रवेश गराउनुको कुनै औचित्य छैन ।
चार बुदे सहमति विगतमा भएका ८ र २२ बुँदे सहमतिको नक्कल भएको भन्दै स्वायत्त मधेस प्रदेश कायम नभए र मधेसले अधिकार नपाए मधेसमा फेरि भिषण आन्दोलन हुने चेतावनी दिए ।
उनले बर्तमान सरकार झिनो बहुमतको सरकार भएकोले यसले मुलुकको जटिल समस्या समाधान गर्न नसक्ने भन्दै राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया