Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं– नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले नेपाली कांग्रेसका भातृ संस्थाहरुले गरेको बन्द र प्रदर्शनका क्रममा भएको तोडफोड प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत राजदुत डेलिसीले बन्दका बेला भएको ध्वसंप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
‘आफ्नो जीवन धान्न ट्याक्सी तथा बस चलाउने ड्राइभरहरुको सवारी साधन जलाउनु समस्याको समाधान हुन सक्दैन’, राजदुत डेलिसीले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ, ‘प्रदर्शन एउटा कुरा हो तर हिंसा र यसको असर अर्को कुरा हो ।’ एमाले भातृसंस्था युवा संघले गरेको बन्दका बेला आफुले आग्रह गर्नासाथ बन्द फिर्ता भएजस्तै अहिले पनि बन्द फिर्ता हुनेमा आफु विस्वस्त भएको डेलिसीको भनाई छ ।
अमेरिकी राजदुत डेलिसीले आफ्नो स्टाटसमा लेख्नुभएको छ – ‘आफुलाई लामो समय देखि लोकतान्त्रिक भनेर गर्व गर्ने कांग्रेस नेताहरुले नागरिक विरुद्ध गरिएको बन्द र तोडफोड नेपाली कांग्रेसको दर्शनसँग मिल्दैन भनेर आफ्ना कार्यकर्तालाई बुझाउनेछन् ।’
तरुण दलका चितवन अध्यक्ष पौडेलको निधन भएपछि कांग्रेस कार्यकर्ताले देशभर विरोध प्रदर्शन गरेका छन् । पदर्शनका क्रममा सवारी साधनमाथि तोडफोड समेत भएको छ । पौडेलको निधन लगत्तै बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले सोमबार बन्द आह्वान गरेलगत्तै अमेरिकी राजदुतको यस्तो भनाई आएको हो ।
यसअघि एमाले निकट युवा संघले स्वरोजगार कोषको रकम दुरुपयोग भएको भन्दै गरेको बन्दका बेला पनि राजदुतको यस्तै प्रतिक्रिया आएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया