Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले आफ्नो आवश्यकता महसुस गरिए मुलुकको नेतृत्व गर्ने जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा नेता ओलीले भने- म जुनसुकै जिम्मेवारी लिन तयार छु र अहिले भन्दा बेटर परफरमेन्स पनि दिन सक्छु ।
साक्षात्कारमा ओलीले एमालेको खाका र आफ्नो क्षमताले नेतृत्व पाए शान्ति र संविधान निर्माणको कार्य जेठ १४ गते नै सम्पन्न गर्न सक्ने दावी गरे ।
उनले नेकपा एमाले जोगी र सन्तहरुको पार्टी नभई राजनीतिक पार्टी भएकोले एमाले फेरि सरकारको नेतृत्व फेरि लिन पनि तयार रहेको बताए । यद्यपि उनले एमालेले नेतृत्वको लागि लडाई भने नगर्ने बताए ।
ओलीले एमालेमा भएको एकताले राष्ट्रिय राजनीतिमा अझै भूमिका र आवश्यकता बढेको दावी गर्दै एमालेका तर्फबाट भावी प्रधानमन्त्रीको दावी गर्ने संकेत पनि गरे ।
उनले आफू उपचारको लागि आइतबार नयाँ दिल्ली जाने जानकारी दिदै उपचारको लागि हुने भ्रमणको क्रममा राजनीति भेटवार्ता र प्रवचन समेत हुने स्पष्ट पारे । उनले आफ्नो दिल्ली भ्रमणलाई राजनीतिक बृत्तमा विभिन्न ढंगले ब्याख्या गरिने सम्भावना समेत औल्याए ।
पार्टी अध्यक्षले आफूलाई सभासद बनाउन प्रस्ताव गरेपछि आफूले केही जवाफ दिई नसकेको स्पष्ट पार्दै ओलीले संविधान निर्माण कार्यलाई अझ गंभीरताका साथ अगाडि बढाउन पार्टीका भूमिका खेल्न सक्ने नेताहरु पठाउने भन्ने कुरा सकारात्मक नै भएको बताए । उनले भने-मैले सभासद बन्ने विषयमा धारणा बनाईसकेको छैन । तर यसले संविधान निर्माणमा एमाले केन्द्रीत भएको देखाउंछ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया