Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
काठमाडौं– नेपाल राष्ट्रिय कर्मचारी महासंघको वर्ष गाँठ मनाउने विषयमा विवाद भएको छ ।
उपाध्यक्ष मोहन वैद्य समूहका अध्यक्ष रुक्म लामिछानेलाई थाहै नदिइ कार्यक्रम गर्न लागेपछि विवाद देखिएको हो । लामिछानेले शुक्रबार जनसञ्चार अभियानमा पत्रकार सम्मेलन गरी शनिबार हुने भनिएको कार्यक्रम आधिकारिक नभएको बताए ।
‘संगठनको प्रतिष्ठा र निर्णय विरुद्ध भोली हुने भनिएको कर्मचारी संगठनको वर्षगाँठ कार्यक्रम आधिकारिक होइन,’ लामिछानेले भने । संस्थापन पक्षले एकलौटीरुपमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराई ‘लालध्वज’लाई अतिथि बनाएर कार्यक्रम गर्न लागेका हुन् ।
लामिछानेले अध्यक्ष र प्रधानमन्त्री मिलेर संगठन फुटाउने खेलमा लागेको आरोप लगाए । ‘बहुमत पदाधिकारी र केन्द्रीय सदस्यलाई जानकारी नदिइ अध्यक्ष र प्रधानमन्त्री कार्यक्रममा सहभागी भएपछि उनीहरुले संगठन फुटाउने लागेको प्रष्ट हुन्छ’ उनले भने, ‘फुटको  नेतृत्व अध्यक्ष र प्रधानमन्त्रीले गर्दै छन् ।’
एघार जना पदाधिकारीमध्ये तीन जना अध्यक्ष, दुई जना भट्टराई र छ जना बैद्य पक्षका छन् । पचासी सदस्यीय केन्द्रीय सदस्यहरुमध्ये पनि बहुमत सदस्य बैद्यको पक्षमा रहेका छन् ।
अध्यक्ष दाहाल पक्षधर मानिने सचिव अजित तामाङले सरसल्लाह गरेर नै स्थापना दिवस मनाउने लागेको दाबी गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया