बुटवल– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पार्टी सभापति निर्वाचित भएपछि सुशील कोइरालाले भातृ संस्था विघटन गर्ने बाहेक अन्य केही पनि गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बिहीबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले महाधिवेशन पछि कोइरालाले कुनै पनि उल्लेखनीय कार्य गर्न नसकेको टिप्पणी गर्नुभयो ।
‘काग्रेसमा नयाँ लहर आइरहेका बेला सभापतिले भ्रातृ संगठन विघटन गर्नुभयो’, कोइराला प्रति निकै आक्रोशित देखिनुभएका देउवाले प्रश्न गर्दै भन्नुभयो, ‘के यो बाहेक उहाँले अरु केही काम गर्नुभयो ?’
भातृ संस्थाको नेतृत्व विघटन गर्ने सभापति कोइरालाको कदम सहमति र एकीकरणको भावना विपरित भएको देउवाको भनाई थियो । आफुले भातृ संस्थाको नेतृत्व विघटनको निर्णय नलिन पटक पटक गरेको आग्रह सभापतिले अस्वीकार गरेको देउवाले बताउनुभयो ।
कोइराला पक्षीय केही नेताले फटाहा कुरा गर्दै हिँडेको भन्दै देउवाले केन्द्रिय समितिले सहमतीय सरकारको नेतृत्व गर्ने म्यान्डेट आफुलाई दिएको दावी गर्नु भयो । उहाँले अब बन्ने सहमतीय सरकारको नेतृत्व आफैले गर्ने बताउनु भयो ।
माओवादीले सात बुँदे सहमतिको इमान्दारीतापूर्वक कार्यन्वयन गरे निर्धारित थपिएको समय भित्र शान्ति र संविधान निर्माणको कार्य पुरा हुने देउवाको विश्वास थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर २२, २०६८
प्रकाशित समय: ७:३६:०१