Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
विराटनगर– सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले माओवादी लडाकुको समायोजनका विषयमा प्रमुख दलहरुबीच पुन नयाँ सहमति हुने बताएका छन् ।
माओवादी नेतृत्वले ९ हजार लडाकु समायोजन हुने भनिरहेको समयमा विराटनगर विमानस्थलमा शुक्रवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समायोजनमा जाने लडाकुको संख्या बढी भएकोले त्यसलाई मिलाउन नयाँ सहमति आवश्यक भएको बताएका हुन् ।
समायोजनमा जाने लडाकुको संख्या थप गर्ने विषयमा माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सहमति कायम गरेर निधारण गर्न सकिने स्पष्ट पारेका छन् । उनले पहिलेको सहमति ६ हजार ५ सयमात्र रहेको छ, अहिले केहि बढी माओवादी लडाकुले समायोजन रोजेका छन् त्यसैले यसलाई समाधान गर्न सबैले समस्या समाधानका लागि सहमति गर्नैपर्ने जिकिर गरे ।
नभएका लडाकुको रकम लिएर राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको ठहर भए माओवादीमाथी नैतिक संकट आउने दावी गर्दै मन्त्री महतोले संयुक्त राष्ट्रसंघले गरेको बर्गीकरणलाई शंकाको दृष्टिकोणले अहिले नै हेर्नु नहुने उल्लेख गरे । उनले माओवादीले विदामा बसेका, सुत्केरी भई घर गएका भनेकोले अहिले नै हतारमा प्रतिकृया दिन नसकिने बताए ।
अहिले सरकार परिवर्तनको खेलमा लाग्नुको औचित्य नहुने बताउदै मन्त्री महतोले डाक्टर बाबुराम भट्टराईकै नेतृत्वको सरकारले संविधान निर्माण गर्ने  ठोकुवा गरेका छन् ।
प्रधानमन्त्री भट्टराईकै नेतृत्वको सरकारले शान्ति प्रकृया टुंगो लगाई संविधान निमार्ण गर्ने आधार तयार गरेको दाबी गर्दै यो सरकारको विकल्प नसोची यसैलाई राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने उनको धारणा थियो ।
मन्त्री महतो सप्तरीको हनुमाननगरमा छोराको शोकमा रहेका पार्टी कोषाध्यक्षलाई सान्त्वना दिन जानेक्रममा विराटनगर आइपुगेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया