Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

काठमाडौँ – कैलालीको तालबन्दमा रहेको सातौं डिभिजनबाहेक अन्य ६ वटा शिविरमा आजबाट माओवादी जनसेनाको पुनवर्गिकरण कार्य सकिँदै छ ।

कैलालीमा रहेका जनसेनालाई तालबन्दमा एकिकृत गर्ने भएको ढिलाई कारण भोलिसम्म लाग्ने भएको छ ।

सातौ डिभिजन अन्तर्गत रहेका तीनहजार तीन सय १० जनसेना मध्ये आज बिहानसम्म १८ सयको पुन वर्गीकरण कार्य सकिसकेको पुनवर्गीकरण टोली जनाएको छ ।

गएको ३ मंसिरदेखि सुरु भएको माओवादी सेनाको जनसेनाहरुको पुर्नवर्गीकरण कार्य शुरु भएको थियो । जनसेनाको वर्गीकरणमा संलग्न प्राविधिक टोलीलाई विशेष समितिले आजसम्मको समयसीमा दिएको थियो ।

सन्धुलीको दुधौलीस्थित पहिलो डिभिजन, इलामको चुलाचुलीस्थित दोस्रो डिभिजन, चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन, नवलपरासीको झ्यालटुङ डाँडास्थित चोथौ डिभिजन, रोल्पाको दहवनस्थित पाचौं डिभिजन र सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनमा आज साँझसम्ममा वर्गीकरणको काम सकिने टोलीले जनाएको हाम्रो सहकर्मीहरुले जनाएका छन ।

सात मुख्य र २८ सहायक शिविरमा गरी अनमनिबाट प्रमाणीकरणमा परेका १९ हजार ६ सय दुई माओवादी जनसेना रहेका छन् ।

अहिले विशेष कारणवश वर्गीकरणमा छुटेका अशक्त तथा सुत्केरी जनसेनाको भने काठमाडौंस्थित विशेष समिति सचिवालयमा वर्गीकरण गर्ने व्यवस्था मिलाईको सचिवालयले जनाएको छ ।

पुनवर्गीकरणको क्रममा अनुपस्थित हुनेको संख्या पनि उल्लेख्य रहेको पाइएको टोली बताएको छ । पुनबर्गीकरणको क्रममा धेरैले समायोजन र त्यसपछि स्वेच्छिक अवकाश रोजेका छन् तर पुर्नस्थापनाको प्याकेज रोज्ने कमैमात्र रहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया