काठमाडौं- प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले तथा मधेसी मोर्चाले संविधानसभाको म्याद थपअघि ‘क्यालेन्डर’ बनाउने भएका छन् ।
‘क्यालेन्डर’ बनाउन तीन दल र मधेसी मोर्चा सहभागी कार्यदल बनाइएको छ । दलहरुले संविधानसभाको थपिने म्याद भित्र काम सक्ने गरी क्यालेण्डर बनाएपछि मात्र म्याद थप्ने छन् ।
आइतबार बिहान बसेको तीन दल र मधेसी मोर्चाको बैठकले शीर्ष नेताहरुको बैठकले क्यालेण्डर बनाउन कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसबाट कृष्ण सिटौला,माओवादीबाट पोष्टबहादुर बोगटी,एमालेबाट ईश्वर पोखरेल र मोर्चाबाट जयप्रकाश गुप्ता छन् ।
कार्यदलले संविधान निर्माणका लागि गर्नपर्ने बाँकी काम र त्यसका लागि चाहिने समयसीमा सहितको स्पष्ष्ट क्यालेण्डर बनाएपछि मात्र कति म्याद थप्ने विषयमा दलहरुबीच फेरि छलफल हुनेछ ।
म्याद थप गर्न संविधान संशोधनका लागि आइतबार व्यवस्थापिका संसदको बैठक बोलाइएको छ । दलहरुले म्याद थपको विषयमा आइतबार निर्णय लिन नसकेपछि संसदमा मंगलबार मात्र यस विषयमा मतदान हुने भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार मंसिर ११, २०६८
प्रकाशित समय: ६:३१:५१