Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौ– स्कुल जाने क्रममा बाटैमा अपहरणमा परेका एक बालकको राजधानीमा अपहरणपछि हत्या भएको छ । बाफलको हारती शिक्षा मन्दिरमा ३ कक्षा पढ्दै गरेका शुभम साहको अपहरणपछि हत्या भएको हो । धनुषा स्थायी घर भएका ११ वर्षीय साह अपहरणको पाँचौं दिनपछि बुधबार कलंकीमा सुटकेसभित्र मृत फेला परेका थिए ।
मंसिर २ गते स्कुल जाँदै गर्दा उनी बाटोबाटै अपहरणमा परेका थिए ।
प्रहरीले अपहरणपछि हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी हृदय थापासहितको टोलीले उनीहरूलाई काठमाडौं र धनुषाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
अपहरित बालक डेढ वर्षदेखि ठलो बुबाको छोरा विजयसँग राजधानीमा बसेर पढ्दै आएका थिए । मृतक बालकका बाबुआमा धनुषामा नै बस्छन् ।
उनीहरूको त्यहाँ किराना पसल र इँटा उद्योग छ ।
मृतकका ठूलो बुबाका छोरा विजयले भाइ कसरी अपहरणमा परे थाहा नभएको बताए । एक्मी इन्जिनियरिङ कलेजमा पढ्दै गरेका विजयले आफू बिहान क्याम्पस जाने गरेको बताए ।
‘भाइ दिउँसो स्कुल जाने गर्दथ्यो, साँझ ५ बजेतिर मात्र डेरा फर्किने गरेको थियो,’ उनले भने, ‘तर दिउँसै काकाले जनकपुरबाट फोन गरेर भाइ कहाँ छ ? खोज्न भने, त्यसपछि स्कुलमा जाँदा भेटिनँ ।’
उनले स्कुलमा रहेका भाइका साथीहरूसँग सोधखोज गर्दा फेला नपरेपछि त्यही दिन साँझ महानगरीय प्रहरी प्रभाग स्वयम्भूमा हराएको उजुरी दिएका थिए ।
प्रहरीका अनुसार अपहरणकारीले अपहरणपछि ५० लाख रुपैयाँ फिरौती आमाबाबुसँग मागेका थिए । ‘पैसाको बार्गेनिङ हुँदाहँुदै बालकलाई अपहरणको दुई दिनमै हत्या गरिसकेका रहेछन्,’ अपराध महाशाखाका एसपी श्याम खत्रीले भने, ‘त्यसपछि पनि मंगलबारसम्म २५ लाख रुपैयाँ फिरौती मागिरहेका थिए ।’ खत्रीका अनुसार यो अपहरण व्यावसायिक अपहरणकारीले नितान्त पैसा कमाउने उद्देश्यले गरेका हुन् ।
 तीन दाजुभाइमध्येका जेठा शुभम कक्षामा सधैं दोस्रो हुने गरेका थिए । छोरा अपहरणमा परेको खबर पाएपछि मंसिर ३ गते नै काठमाडौं आएका बुबा रामभगत साह र आमा अर्धचेत अवस्थामा छन् । हनुमानढोकामा छोराका हत्यारालाई हेर्न आएका उनीहरू बोल्न सक्ने स्थितिमा थिएनन् । आमाले बारम्बार मसिनो स्वरमा शुभम, शुभम भनेको सुनिन्थ्यो । बाबु बेहोस थिए । इन्जिनियर बनाउने सपना बोकेर उनीहरूले जेठो छोरालाई पढाउन राजधानी पठाएका थिए ।
प्रहरीले अपहरणका मुख्य योजनाकारसहित अन्यलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा योजनाकार धनुषा जनकपुर देउरीपर्वतका सन्तोष पण्डित, महोत्तरी निर्गौलका भोला भन्ने देवेन्द्र ठाकुर, सोही स्थानका लालबाबु ठाकुर, महोत्तरी भरतपुरका रामजी ठाकुर, सर्लाही हरिपुरका धर्म ठाकुर, मकवानपुरका दीपक बलामी र तनहुँका आशिष दुरा छन् ।
अपहरणकारी सन्तोष र देवेन्द्र विजयका साथी हुन् । डेरा छेउको हजाम पसलमा काम गर्ने उनीहरूसँग विजयले गफ गरेको आधारमा अपहरणकारीले बालकको बाबुआमासँग धेरै पैसा भएको चाल पाएका थिए । त्यसपछि अपहरणको योजना सन्तोषले बनाएको प्रहरीले जनाएको छ । अपहरणमा विजयको भने संलग्नता नदेखिएको प्रहरीको दाबी छ । पक्राउ परेका पण्डित २०६५ साल फागुन १२ गते जनकपुरका रविकुमार चौधरीलाई अपहरण गरेको अभियोगमा फरार अभियुक्तसमेत हुन् ।
कान्तिपुरबाट

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया