Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
इटहरी- एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र बढेको वैचारिक असहमति नेतृत्व पक्षले मिलाउने प्रयत्न नगरे महाधिवेशनसम्म पुग्दा पार्टी विभाजन हुन सक्ने बताउनुभएको छ ।
सुनसरीको धरानमा वैद्य पक्षका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन आउनुभएका महासचिव बादलले प्रशिक्षणपछि आयोजित पत्रकार सम्मेलनमा त्यस्तो विचार राख्नु भएको हो ।
प्रशिक्षण निकै कडा सुरक्षाबीच चलेको थियो । सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाएर सञ्चालन गरिएको बन्द प्रशिक्षणमा महासचिव बादलले पार्टी संस्थापन पक्षले देखाउँदै आएको क्रियाकलाप युद्धकालीन पार्टी नीति विपरीत बन्दै गएकाले आफूहरूले असहमति जाहेर गर्दै आएको बताउनु भएको एक सहभागीले बताए ।
पार्टीभित्र बढ्दै गएका असहमतिहरू उच्च तहका नेताहरूले आपसमा बसेर मिलाउने र आधारभूत विषयमा सहमति खोज्ने पहल नगरिए महाधिवेशन अगावै पार्टी विभाजन हुन सक्ने बताउँदै महासचिव बादलले किचलो सहेर पार्टीमा बसिरहनुको कुनै औचित्य नरहने पनि प्रष्ट पार्नुभएको थियो ।
महासचिव बादलले आफूहरू पार्टी विभाजन नै गर्ने उद्देश्य बोकेर देश दौडाहामा निक्लिएको नभएर पार्टीभित्र उठेका असहमतिका विषयमा पार्टी कार्यकर्तालाई यथार्थ बुझाउनका लागि हो भन्ने तर्क अघि सार्नुभएको बुझिएको छ ।
पार्टीले लिएको नीति र कार्यदिशा विपरीत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अघि बढेको तथा पार्टी उपाध्यक्ष (प्रधानमन्त्री डा बाबुराम भट्टराईं) ले समेत पार्टीको नीति तथा कार्यक्रमलाई बारम्बार उल्लङ्घन गर्दै आउनुभएकाले यी सबै विषयमा पार्टी कार्यकर्तालाई जानकारी दिनु दौडाहाको मुख्य उद्देश्य रहेको पनि महासचिव बादलले बताउनुभयो ।
महासचिव बादलले जनमुक्ति सेना जागिर खाने लडाकू नभएर उत्पीडित नेपाली जनताको मुक्तिका लागि सङ्घर्ष गरेर आएका लडाकू भएको टिप्पणी गर्दै अधिकांश योद्धा नेपाली सेनामा समायोजन हुदैछन् भन्ने सूचना गलत सावित हुने दाबीसमेत गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया