Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं- भ्रातृ संगठन विवादबारे मंगलबार हुने भनिएको कांग्रेस सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवाबीचको छलफल ‘अचानक’ स्थगित भएको छ ।
राज्य पुनर्संरचना आयोगको संयोजक छान्न जारी प्रमुख दलहरुको बैठकमा भाग लिन सभापति सुशील कोइराला जानु परेकाले देउवा पक्षीय केन्द्रीय सदस्यहरु सँग हुने भनिएको बैठक बस्न नसकेको देउवा पक्ष तथा भंग गरिएको तरुण दलका पूर्व सभापति महेन्द्र यादवले जानकारी दिए । यादवले भने, ‘कोइरालाले आज साँझसम्म समय मिलाएर बैठकका लागि जानकारी गराउनुहुनेछ ।’
यसअघि देउवा पक्षले भातृ संगठन विघटनको निर्णय फिर्ता नगरिए बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने चेतावनीसमेत दिएको छ । देउवा पक्षले बहुमतको आधारमा निर्वाचित भातृसंस्था विघटन गर्नु अलोकतान्त्रिक निर्णय भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्न सभापति कोइरालालाई दवाव दिँदै आएको छ ।
सभापति कोइरालाले केन्द्रीय समितिको बहुमतबाट देउवापक्ष नेतृत्व रहेको नेपाल तरुण दल, महिला संघ र आदिवासी जनजाति संघलगायत भातृसंस्था विघटन गरेपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
कांग्रेसभित्रको भातृ संगठन विघटनको विवाद केन्द्रीय समितिको बैठक नजिकिदै गर्दा फेरि चर्कीएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया