Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

टोकियो – जापानको ओकिनावा प्रान्तमा छुट्टाछुट्टै घटनामा एक हिट-एन्ड-रन (ठक्कर दिएर भागेको) र अर्को मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा दुई अमेरिकी मरिन कोरका सदस्यहरू पक्राउ परेका छन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घटनापछि जापानले अमेरिकी सेनालाई यस्ता गतिविधि नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरेको छ । अमेरिकी मरिन कोर क्याम्प ह्यान्सेनमा कार्यरत २० वर्षीय लान्स कर्पोरल इभान गार्सियामार्टिनेजलाई आइतबार बिहान नाहा शहरमा भएको एक सवारी दुर्घटनापछि घटनास्थलबाट भागेको आरोपमा पक्राउ गरिएको हो । उनीमाथि दुर्घटनामा घाइते भएका एकै परिवारका चार सदस्य (जसमा दुई बालबालिका समेत थिए) लाई सहयोग नगरी भागेको गम्भीर आरोप छ ।

स्थानीय प्रहरीका अनुसार, उनलाई सोही दिन पछि घटनास्थल नजिकैबाट पक्राउ गरिएको थियो । प्रहरीका अनुसार, उनको श्वास परीक्षण गर्दा कानुनी सीमाभन्दा दोब्बर मदिराको मात्रा भेटिएको थियो । यद्यपि, गार्सियामार्टिनेजले सामान्य घाइते भएका चारैजनालाई आफूले सहयोग गरेको दाबी गरेका छन् ।

अमेरिकी मरिन कोर क्याम्प स्वाबमा कार्यरत २३ वर्षीय कर्पोरल एड्रियन सान्चेजलाई सोमबार बिहानै ओकिनावा शहरमा मादक पदार्थ सेवन गरी सवारी चलाएको आशंकामा पक्राउ गरिएको हो । आरोपी सान्चेजले भने उक्त आरोप अस्वीकार गर्दै आफूले सेवन गरेको मदिराको असर सकिएको ठानेको बयान दिएका छन् ।

यी गिरफ्तारीहरूपछि, मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा यस्ता घटनाहरू ‘खेदजनक’ भएको र यसले स्थानीय बासिन्दामा चिन्ता एवं त्रास बढाएको बताए । उनले जापानी सरकारले जापानस्थित अमेरिकी सेनालाई यस्ता घटनाहरू दोहोरिन नदिन तथा आफ्ना सदस्यहरूमा अनुशासन सुदृढ पार्न कडा कदम चाल्न आग्रह गरेको जानकारी दिए । जापानमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूको अधिकांश हिस्सा ओकिनावा प्रान्तमा नै रहेको छ।

तपाईको प्रतिक्रिया