Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ १७, २०८२
Friday, May 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – थाक्रे गाउँपालिका–७ मा अवस्थित सोताङ खोलाको पुरानो पुलमा भ्वाङ परेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्गमै पर्ने उक्त पुल क्षतिग्रस्त भएपछि यात्रुहरू गन्तव्यमा पुग्न नसकी बाटोमै अलपत्र परेका छन्। पुलबाट सवारी साधन आवागमन बन्द भएपछि यात्रुहरू विभिन्न विकल्प खोज्दै अगाडि बढ्न थालेका छन्। केही यात्रुहरू झोला काँधमा बोकी हिँडेरै पुल पार गरेर गन्तव्यतर्फ लागेका छन्।

दुर्घटनापछि वारिपट्टिका सवारी साधन त्यहीं रोकिएका छन् भने पारिपट्टिका गाडीहरू पनि आफ्नो स्थानबाट अघि बढ्न नसकेको अवस्थामा छन्। यात्रुहरू पैदल पुल पार गरेर अर्को छेउमा रहेका सवारी चढ्ने प्रयासमा छन्। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार पुल पूर्ण रूपमा बन्द भएपछि अहिले डाइभर्सन निर्माणको काम सुरु गरिएको छ। डोजरमार्फत वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको उनले जानकारी दिए। यद्यपि, वैकल्पिक मार्ग तयार हुन कति समय लाग्छ भन्ने स्पष्ट भइसकेको छैन।

सो स्थानमा नयाँ पुल निर्माण कार्य अघि बढिरहेका बेला पुरानो पुलको छेउमा काम गर्दा उत्पन्न कम्पन (भाइब्रेसन) का कारण पुरानो संरचनामा क्षति पुगेको अनुमान गरिएको छ। पुलको छेउ चर्किएको र भ्वाङ समेत परेपछि जोखिम न्यूनिकरणका लागि तत्काल यातायात बन्द गरी वैकल्पिक व्यवस्था थालिएको एसपी सुवेदीले बताए।

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया