Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्षको बजेट तथा सरकारको हालको कार्यसम्पादनबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ आयोजित बैठकमा बजेट तयारीसँगै शासन प्रणाली, कानुन कार्यान्वयन र सुशासनलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।

त्यस्तै भिजिट भिसा सम्बन्धी प्रकरणमा देखिएको विवादसम्बन्धमा गृहमन्त्री लेखकमाथि उठाइएको आलोचना प्रति नेताहरूले असहमति जनाएका छन्। उनीहरूले कर्मचारीको गल्तीका लागि मन्त्रीलाई जिम्मेवार ठहर गर्नु उचित नहुने बताउँदै मन्त्रीमाथि भएको आलोचना राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको निष्कर्ष निकालेका थिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेता उपस्थित थिए।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया