Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ १६, २०८२
Thursday, May 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – तीनकुने घटनामा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र पेश गरिएको छ। त्यस्तै, चारजना बालबालिकाविरुद्ध भने भक्तपुरस्थित बाल अदालतमा अभियोग दर्ता प्रक्रिया अघि बढाइएको छ। दुर्गा प्रसाईंमाथि पत्रकार सुरेश रजकको मृत्यु प्रकरणमा समेत संलग्नता रहेको आरोपसहित प्रतिवादीका रूपमा मुद्दा चलाइएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले घटनाको जिम्मेवारी सन्तोष सिलवाल उर्फ ‘राजावादी’ र उनको समूहमाथि दिएको बयानमा उल्लेख गरेका छन्। बयानमा उनले भनेका छन्, ‘हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने मानिस सन्तोष सिलवाल र निजको समूह हुनुपर्छ ।’

प्रसाईंले पत्रकार सुरेश रजकलाई आफूले नचिनेको दाबी गर्दै तोडफोड वा आगजनीका लागि कसैलाई निर्देशन नदिएको स्पष्ट पारेका छन्। उनी कार्यक्रम स्थलमा रहँदा सम्म शान्तिपूर्ण अवस्था रहेको र आफू त्यहाँबाट सुरक्षित स्थानतर्फ गइसकेपछि मात्र भिड उग्र बनेको दाबी गरेका छन्।

उनको भनाइमा, रवीन्द्र मिश्र र डा. धवल शमशेरको नेतृत्वमा संसद् कब्जा गर्न जाँदै गर्दा प्रहरीसँगको झडपले भिडलाई उत्तेजित बनाएको थियो र त्यसपछि तोडफोड तथा आगजनी भएको देखिएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया