Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ १३, २०८२
Monday, May 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरु भएको छ। यहि जेठ १३ गतेदेखि सुरू हुने विशेष गङ्गा दशहरा मेला जेठ २४ गते एकादशीसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। यस वर्षको मेलामा करिब पाँच हजार भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ।

समुन्द्र सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड पुग्न काठमाडौँदेखि धुञ्चेसम्म सवारी र त्यसपछि तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै पैदल यात्रा गर्नुपर्ने हुन्छ। आज बिहान मात्रै पतञ्जली योग समितिमार्फत २५० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ।

धार्मिक मान्यताअनुसार जीवनमा एकपटक पुग्नुपर्ने पवित्र स्थल मानिने गोसाइँकुण्डमा वर्षभरि भक्तजनको आवतजावत भइरहन्छ। विशेष गरी गङ्गा दशहरा र जनैपूर्णिमाका अवसरमा यहाँ १५ दिनसम्म विशेष मेला लाग्ने गर्छ। यात्रुहरूका लागि बासस्थान र होटलको सुविधा पनि उपलब्ध छन्। कृषि वैज्ञानिक डा. ताराबहादुर घिमिरेका अनुसार अनुपम प्राकृतिक दृश्यले यात्रा अझ रोमाञ्चक बनाएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया