Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् । जापान भ्रमण सम्पन्न गरी गए राति स्वदेश फर्किएकी मन्त्री डा. राणाले भ्रमणका क्रममा नेपाल-जापान सम्बन्ध विस्तार, आपसी हितका विषय र सहयोग परियोजनाबारे उच्चस्तरीय भेटवार्ता भएको जानकारी दिएकी हुन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकोमा जापानका विदेशमन्त्री इवाया ताकेसीसँग भएको द्विपक्षीय वार्तालाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्दै उनले नेपाल-जापान सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक कुराकानी भएको बताइन् । जेठ ८ गते टोकियोमा सम्पन्न सो भेटमा आपसी चासो, क्षेत्रीय सहकार्य र द्विपक्षीय सहयोगका विविध आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअवसरमा मन्त्री डा. राणाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरिन् । भेटमा उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा जाइकामार्फत जापानले पुर्‍याउँदै आएको योगदानप्रति आभार व्यक्त गरिन् । साथै, नेपालमा सञ्चालित तथा सम्पन्न परियोजनाहरूको प्रभावकारिता र भावी सहकार्यबारे समेत चर्चा गरिएको थियो ।

जापान भ्रमणको क्रममा मन्त्री डा. राणाले जापानका उपविदेशमन्त्री इकुइना अकिकोसँग शिष्टाचार भेट पनि गरिन् । गत साता काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी भएकोप्रति उपविदेशमन्त्री अकिलाई धन्यवाद दिँदै उनले द्विपक्षीय सम्बन्धलाई अझ सघन बनाउन सहकार्य आवश्यक रहेको बताइन् ।

टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर मन्त्री डा. राणाले नेपालका तर्फबाट सम्बोधन गरिन् । सम्मेलनमा उनले नेपालमा ज्येष्ठ नागरिकप्रति अपनाइएका नीति, कार्यक्रम तथा राज्यको दायित्वबारे जानकारी गराउँदै अन्य देशका अनुभव र अभ्यासबाट सिक्न पाएको अवसर महत्वपूर्ण रहेको बताइन् ।

जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहितका अधिकारीहरूले मन्त्री डा. राणाको स्वागत गरेका थिए । उनी गत सोमबार जापान प्रस्थान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया