समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टीको नेतृत्वमा परिवर्तन आवश्यक भएको बताउँदै संसदीय दलका लागि नयाँ नेता चयन गर्न सिफारिस गरेका छन्। शनिबार उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलाई पठाएको सुझावपत्रमार्फत उनले यस्तो आग्रह गरेका हुन्।
न्यौपानेले सर्वोच्च अदालतको हालैको आदेशका आधारमा पार्टी सभापति रवि लामिछाने केही समयका लागि सक्रिय राजनीतिबाट बाहिर रहनुपर्ने अवस्था आउन सक्ने देखिएको उल्लेख गर्दै वैकल्पिक नेतृत्वको आवश्यकता औंल्याएका हुन्।
पूर्वमा पार्टीको अनुशासन आयोगको कार्यवाहक प्रमुख रहेका न्यौपानेले उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए। नेतृत्वमा पारदर्शिता र स्थायीत्व आवश्यक भएको तर्क गर्दै उनले पार्टीलाई स्थिर र सक्षम बनाउने दिशामा ठोस कदम चाल्नुपर्ने सुझाव दिएका छन्।