Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ ९, २०८२
Thursday, May 22, 2025

टोकियो – जापानका कृषि मन्त्री ताकु इतोले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ‘समर्थकहरूबाट उपहारस्वरूप प्रशस्त चामल प्राप्त हुने भएकाले आफूले कहिल्यै चामल किन्नु नपरेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी चर्को आलोचनाको शिकार बनेका थिए । जापानी जनता आकाशिएको मूल्यवृद्धिको मार खेपिरहेका बेला आएको उनको यो टिप्पणीले जनमानसमा ठूलो ठेस पुर्‍याएको थियो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो प्रकरणले प्रधानमन्त्री शिगेरु इशिबालाई आगामी गृष्मयाममा हुन गइरहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स)को निर्वाचनअघि थप धक्का पुगेको छ । गत वर्षको अन्त्यतिर पदभार ग्रहण गरेयता उनको मन्त्रिपरिषद्प्रतिको जनसमर्थन हालसम्मकै न्यून विन्दुमा झरेको छ ।

गत अक्टोबरमा भएको आम निर्वाचनमा पराजित भएर पद गुमाउनेबाहेक अन्य कारणले इशिबा मन्त्रिपरिषद्बाट बाहिरिने इतो पहिलो मन्त्री हुन् । यसै साताको सुरुमा प्रधानमन्त्री इशिबाले उनलाई पदमै रहन दिएपनि मन्त्री इतोको राजीनामाको माग निरन्तर चर्किँदै गएको थियो । प्रधानमन्त्रीले नयाँ कृषि मन्त्रीमा शिन्जिरो कोइजुमीलाई नियुक्त गर्ने तयारी गरेको सरकारी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया