समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
काठमाडौँ – आज बिहान तनहुँको बन्दिपुर–४ स्थित गोरेचौतारामा यात्रुबाहक बस र टिप्पर एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। पृथ्वी राजमार्गमा भएको उक्त दुर्घटनामा रुकुम पश्चिमबाट काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा.प्र. ०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर संलग्न थिए।
दुर्घटनापछि घाइते सातै जनाको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। यस्तै, दुर्घटनामा परेका ४९ वर्षीय हरिसचन्द्र खत्रीको खुट्टा भाँचिएकोले थप उपचारका लागि उनलाई भरतपुर अस्पताल रिफर गरिएको छ।
घाइतेहरूमा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिप्पर चालक ४४ वर्षीय शंकर अधिकारी रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।