Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ३०, २०८२
Tuesday, May 13, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका तर्फबाट गरिएको संयमित आग्रहकै कारण भारत र पाकिस्तानबीचको संभावित युद्ध टरेको दाबी गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति सन्देशको सान्दर्भिकता उल्लेख गर्दै नेपालले द्वन्द्व समाधानमा संयमता र संवादलाई प्राथमिकता दिएको बताए । ‘भारत र पाकिस्तानबीच झन्डै हात हालाहालको अवस्था आएको थियो । हामीले संयमित हुन आग्रह गर्‍यौँ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘त्यसपछि त्यो स्थिति रोकियो ।’

उनले बुद्धका उपदेशहरू शान्ति, करुणा, मानवता र अहिंसाका मूल्यहरू विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि अत्यन्तै आवश्यक रहेको धारणा राखे । ‘बुद्धका उपदेश जहिल्यै पनि सान्दर्भिक छन्,’ उनले भने, ‘हामी सबैले ती उपदेश आत्मसात् गर्नु अत्यन्त आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउँदै बुद्धको शान्ति सन्देशलाई विश्वभर फैलाउने प्रयासमा नेपाल कटिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि, बौद्ध धर्मावलम्बी तथा बुद्धका अनुयायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया